बालमैत्री स्थानीय शासन र सुचकको अबस्था बारेमा छलफल

१६ , देबचुली नगरपालिकामा रहेका सामाजिक सँघसँस्थाहरुसँग बालमैत्री स्थानीय शासन र सुचकको अबस्थाको बारेमा छलफल कार्यक्रम आज सम्पन्न भएको छ । देबचुली नगरपालिकाको आयोजनामा र नेपालको पहिलो बालक्लव जागृति बालक्लव नेपालको सँयोजनमा देबचुली नगरपालिकामा रहेका सबै सामाजिक सँघसस्थाहरुसँगको छलफल कार्यक्रम आज सम्पन्न भएको छ । साथमा सबै सरोकारवालाहरुले बालमैत्री स्थानीय शासनलाई सहयोग गर्नको लागि समेत सामुहीक प्रतिबद्धता समेत जाहेर गरेका छन् । कार्यक्रममा सभाध्यक्षको रुपमा जागृति बाल क्लव नेपालका अध्यक्ष योगमाया भुषाल र प्रमुख अतिथीको रुपमा देबचुली नगरपालिकाका कार्यकारी अधिकृत एवम नगर प्रमुख हरिप्रसाद चापागाई रहनुभएको थियो त्यस्तै कार्यक्रमको स्वागत मन्तब्य कार्यक्रम सँयोजन गर्ने सँस्थाका सँरक्षक होमनाथ जैसी र देबचुली नगरपालिकाका बालमैत्री समितीका सदस्य सचिब बालकृष्ण भुषालले गर्नुभएको थियो । कार्यक्रमको सहजिकरण युनिसेफ नेपालका बालमैत्री सहजकर्ता शर्मिला पौडेल,बालमैत्री परामर्शदाता खिमानन्द भुषाल र बालकृष्ण भुषालले गर्नुभएको थियो । कार्यक्रममा देबचुली नगरपालिकाका बालक्लव,युवा क्लव,महिला समुह,आमा समुह,बन उपभोेक्त समुह,खानेपानी तथा स्वच्छता समिती र अन्य सामाजिक सँघसँस्थाहरु गरि ७० जनाको उपस्थिती रहेको थियो ।
।
तपाइँको प्रतिक्रिया