बालविकास स्काउट गैंडाकोटद्धारा गण्डकी प्रदेश स्काउटबाट सहयोग प्राप्त ४० हजार थान माक्स वितरण

बैशाख २०, गैंडाकोट
बालविकास स्काउट गैंडाकोटले गैंडाकोटको नारायणी पुल देखि थुम्सी सम्मका सामुदायिक तथा निजि विद्यालय, सामुदायिक प्रहरी गैंडाकोट, ईलाका प्रहरी कार्यालय गैंडाकोट, स्वास्थ्य चौकी सँगै स्कूल वरपरका समुदायमा माक्स वितरण गरेको छ । गण्डकी प्रदेश स्काउटबाट सहयोग प्राप्त भएको करिब ४० हजार थान माक्स आज सम्बन्धित ठाउँमा नै पुगी वितरण गरिएको हो ।
पछिल्लो समय कोरोनाको महामारीको ग्राफ बढेसँगै समाजका अति संबेदनशिल क्षेत्रहरु विद्यालय, स्वास्थ्य क्षेत्र, सुरक्षा निकाय, विद्यालय वरपरका समुदायमा माक्स वितरण गरिएको बालविकास स्कूल अफ साईन्स एण्ड म्यानेजमेन्टका प्रिन्सिपल दिपक रावतले बताउनुभयो । उहाँका अनुसार यि क्षेत्रहरुबाट कोरोना झन् छिठो प्रशारित हुने भएकाले यसको प्रभाव तथा जोखिम न्यूनिकरण गर्नका लागि माक्स वितरण गरिएको हो । यस्तो अवस्थामा माक्स वितरण जस्ता कार्यहरुले यस क्षेत्रमा प्रत्यक्ष संलग्न मानिसहरुको आत्मबल बढाउन सहयोग पुर्याउने पनि उहाँको तर्क थियो ।
पछिल्लो २४ घण्टामा थप ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २५३२ जनामा गरिएको नमूना परीक्षणमा ९१ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार सो समयवधिमा ५९ जना बिरामी निको भएर अस्पतलाबाट डिस्चार्ज भएका छन् भने अहिले देशभर २२० जना सक्रिय संक्रमित रहेका छन् ।
तपाइँको प्रतिक्रिया