बालश्रम न्युनिकरण गर्न लागि पर्दै सरोकारवाला

बिबेक भण्डारी ३ , जिल्लाको देवचुलि नगरपालिकालाई अझै प्रभावकारी रुपमा बाल श्रम मुक्त नगरपालिका बनाउन विभिन्न उघोगि , व्यवशायि लगायतले प्रतिबद्धता व्यक्त गरेका छन । विहिवार नवलपरासीको दलदलेमा आयोजित छलफल तथा अन्तकृया कार्यक्रममा बोल्ने अधिकामंशले अब नगरपालिकालाई बाल श्रम मुक्त नगरपालिका बनाउन आवस्यक रहेको बताएका छन । बाल श्रम न्युनिकरण र चेतनामा बृद्धि कसरी गराउन सकिन्छ भन्ने विषयमा पनि व्यापक छलफल भएको हो । देवचुलि नगरपालिकाको आयोजना संञ्चालन भएको छलफल कार्यक्रममा बोल्दै देवचुलि नगरपालिकाका कार्यकारी अधिकृत देविलाल सापकोटाले देवचुलि नगरपालिकामा बाल मैत्रि स्थानिय शासन लागु भए पश्चात नगरपालिकामा बाल श्रम , बाल दुर्ववहार लगायतका कृयाकलापहरु न्युनिकरण हुदै गएको बताउनुभयो । उहाले नगरपालिकामा बालमैत्रि स्थानिय शासन लागु गर्न अझै प्रयासरत रहेको बताउदै नेपालकै पहिलो बाल मैत्रि स्थानिय निकाय घोषण भएको यस नगरपालिकामा बाल मैत्रि कार्यक्रम अन्त्रगतका सुचकहरु पनि पुरा गरेको बताउनुभयो । उहाले बाल मैत्रि स्थानिय शासन अन्तरगतका ३९ वटा सुचक पुरा भएको हिसावले पनि बाल मैत्रि अन्तरगतका कार्यक्रमहरु प्रभावकारी भएको बताउनुभयो ।
त्यस्तै कार्यक्रममा बोल्दै होटल तथा रेष्टुरेन्ट व्यवशायिक संघका अध्यक्ष गौरिश्वर न्यौपानेले बाल श्रम बढि हुने स्थान भनेको होटल रहेको हुदा सकभर बालबालिकाहरुलाई काममा नलगाउने र यदि वाध्यता पुर्वक राख्नुपरेमा आफ्नै सन्तान सरह माया ममता दिन आवस्यक रहेको बताउनुभयो । आयोजित छलफल कार्यक्रमा देवचुलि उघोग बाणिज्य संघका अध्यक्ष धर्मराज बस्यालले बाल श्रम न्यनिकरणका लागि देवचुलि उघोग बाणिज्य संघ पनि लागि परेको र बाल श्रम न्युनिकरणका लागि विभिन्न किसिमका अनुगमन पनि गरिने बताउनुभयो ।
तपाइँको प्रतिक्रिया