बाह्र दिनमै संविधान संशोधन प्रस्ताव !

असोज १५, काठमाण्डौं । सरकारले आजै ५ बजे बस्ने संसद् बैठकमा नेपालको संविधान २०७२ मा संशोधन गर्ने प्रस्ताव गर्ने भएको छ । आज नेपालको संविधान जारी भएको १२ दिन पुगेकोछ ।
आन्दोलनरत मधेसी नेता तथा सांसद्को माग बमोजिम संविधान संशोधन प्रस्ताव लैजाने निर्णय गरेको हो । स्रोतका अनुसार, निर्वाचन क्षेत्र निर्धारण र समानुपातिक समावेशी प्रतिनिधित्वको विषयमा अन्तरिम संविधानमा गरिएको व्यवस्थालाई नै कायम गर्दै नै संशोधन पगर्न लागिएको हो ।
तपाइँको प्रतिक्रिया