विकूको अन्तिम निर्णय प्रमाणित एवं सम्मान समारोह सम्पन्न

नवलपुर, ३ पुष ।
विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सस्थाको ३२ औं साधारण सभाको अन्तिम निर्णय प्रमाणित एवं सम्मान समारोह सम्पन्न गरेको छ । शनिबार अमरापुरीमा कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा बोल्दै विकूका अध्यक्ष ओमप्रसाद सापकोटाले उत्पादन शिल क्षेत्रमा विकुले सधै सहकार्य गरेको बताउनु भयो । संस्थाले उत्पादनशिलतामा काम गर्दै बजारीकरणमा पनि जोड दिने योजनाका साथ अगाडि बढेको बताउनु भयो ।
विकूका सचिव प्रेमप्रसाद सापकोटाले तीन वटा ईकाइबाट सदस्यले विकूको नीति तथा कार्यक्रम पारित गरेको जानकारी गराउनु भयो । कार्यक्रममा लेखा तथा सुपरिवेक्षण समितिका संयोजक कमल सुवेदी, देवचुली नगरपलिका वडा नं १० का अध्यक्ष केशर आले, भरतपुर महानगरपालिका वडा नं २ का वडा अध्यक्ष पुर्ण बहादुर श्रेष्ठ, शरद गौरी वचत तथा क्रण सहकारी सस्था लिमिटेडका अध्यक्ष मनोहरी कंडेल लगाएतले मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य विकूका उपाध्यक्ष यमुनाथ आचार्यले राख्नु भएको थियो । कार्यक्रममा विभिन्न विधामा काम गर्नु भएका व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । विकूले यसअघि डण्डा, रजहर र गैँडाकोटमा गरि क्षेत्रीय रुपमा तीन वटा इकाइमा साधारण सभा गरेको थियो ।
तपाइँको प्रतिक्रिया