बिकू र किसानलाई फेरी पनि एक्सेस ब्राण्ड

श्रीधर उपाध्याय,
गैँडाकोट, २४ भदौ । गैँडाकोटका दुई सहकारीले आज दक्षिण कोरियामा एक्सेस ब्राण्डको अवार्ड प्राप्त गरेका छन् । विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेड गँैडाकोट ८ र किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडले एक्सेस ब्राण्डको अवार्डबाट सम्मानित भएका हुन् । एशियाली ऋण महासंघको कार्यक्रममा गैँडाकोटका दुई वटा सहकारीसँगै देशभरबाट १२ वटा सहकारी सम्मानित भएका छन् । दक्षिण कोरियामा भएको कार्यक्रममा विकू साकोसका प्रमखु अधिकृत माधव प्रसाद पौडेल र किसान साकोसका अध्यक्ष गोपाल प्रसाद गौतमले अवार्ड ग्रहण गर्नुभएको छ । एशियाली ऋण महासंघ (अक्कू) को प्राविधिक सहयोग तथा नेपाल वचत तथा ऋण केन्द्रिय सहकारी संघ लि.(नेफ्स्कून) द्धारा सञ्चालित उत्कृष्ट सेवा तथा सुरक्षाका लागी सर्वोत्तम छनौट कार्यक्रम अन्तरगत अन्तराष्ट्रिय स्तरको एक्सेस व्राण्ड प्राप्त गरेका हुन् । विकु र किसानले उक्त कार्यक्रममा विगत २ वर्ष देखि सहभागीता जनाउदै आईरहेका थिए । यस ब्राण्ड कार्यक्रम अन्तर्गत एशियाली ऋण महासंघले बिभिन्न ८६ वटा सुचकहरुको आधारमा संस्थाको सेवा तथा सुरक्षाको मापन गर्दै आएको थियो । वित्तीय सक्षमता, सदस्य सेवा, आन्तरिक व्यवसायिकता र सिकाई र बृद्धिको निरन्तरता गरि ४ वटा क्षेत्रवाट एकिकृतरुपमा मापन गरिन्छ । यी क्षेत्रहरुको वारेमा एशियाली ऋण महासंघका प्रतिनिधिहरु स्वयम् उपस्थित भएर संस्थाको अन्तिम लेखा परिक्षण समेत गरेका थिए ।
दुई वर्षसम्मको निगरानी र लेखा परिक्षणको आधारमा एसियाली ऋण महासंघले संस्थालाई व्राण्ड उपलब्ध गराएको हो ।
एसियाली ऋण महासंघद्धारा वचत तथा ऋण सहकारीहरुलाई उत्कृष्ट स्थानमा पुर्याउन विकास गरिएको एसिस व्राण्ड हालसम्म नेपाल वचत तथा ऋण केन्द्रिय सहकारी संघमा आवद्ध देशभरका पाँच वटा संस्थाले मात्र प्राप्त गरिसकेका छन् । यो व्राण्डलाई स्थापीत गराईरहनका लागी संस्थाले निरन्तर रुपमा आफ्नो गुणस्तरीयता परिक्षण गरिरहनुपर्ने हुन्छ । अर्थात एकपटक व्राण्ड प्राप्त गरिसकेपश्चात पनि एशियाली ऋण महासंघले तोकेका सुचकहरुको आधारमा संस्थाले आफुलाई चुस्त राख्नुपर्ने हुन्छ ।
दैनिक ५० पैसा बचत संकलन गरि २६ जना सदस्यहरुवाट सुरु गरिएको यस विकू बचत २०५० सालमा सहकारीमा दर्ता भएको र २०५४ साल वाट नेपाल राष्ट्र बैंकको स्विकृतीमा सीमित बैकिङ कारोवार गर्दै आईरहदा हाल २६ हजार भन्दा बढि शेयर सदस्य रहेका छन् ।
यसै गरी २०५३ साल जेष्ठ १ गते जिल्ला सहकारी कार्यलय नवलपरासीमा विधिवत दर्ता भएको किसान साकोसमा अहिले करिब १९ हजार शेयर सदस्य रहेका छन् ।
तपाइँको प्रतिक्रिया