बिजुली पोल पुग्यो पोल हेर्दे विजुली आउने सपनामा क्रीतिपुरबसी

बिबेक भण्डारी २९ , जिल्लाको नवलपुर क्षेत्र अन्तरगत देवचुलि नगरपालीका ६ किर्तीपुरमा विधुत पुग्न सक्दा किर्तीपुर बासि अन्धकारमा वस्न बाध्य बनेका छन । दलदले देखि करिव ७ किलोमिटर उत्तर तर्फ विकट क्षेत्र रहेको सो बस्तीमा विधुत पोल र तर पुगे पनि विधुतको उपभोग भने गर्न पाएका छैनन् । करिव एक सय भन्दा बढि घरधुरी रहेको सो किर्तिपुर वस्तीमा विधुत पुग्न नसक्दा विधार्थिहरुलाई रातको समयमा अध्ययन गर्न पनि समस्या हुने गरेको छ । दलदले देखि मुण्डे हुदै करिव ४ किलोमिटर सम्म पोल पुगे पनि विधुत भने नपुगेको स्थानिय मिनबहादुर सिंजालि मगरले बाउनुभयो । उहाले भन्नुभयो ‘ केहि वर्ष अघि विजुलि आउछ भन्थे बल्लबल्ल एक वर्ष लगाएर पोल त आयो पोल मात्र आएर के गर्ने विधुत अझै आको छैन । विधुत आयो भने स्कुलेबालबालिका पढ्न सक्थे , मिल चल्थो विधुन नै छैन उहाले बताउनुभयो । मगरका अनुसार विजुलि नआए पनि सोलर प्रयोग गर्ने गरे पनि घरि घरि विग्रिने हुदा सोल पनि हटाइयो , विजुलि आउछ भने पछि सोलर आवस्यक नपर्ने भन्दै सोलार प्रयोग गर्न छाडेकाहरु गाउँमा विधुत पुग्न नसक्दा किर्तिपुरबासि अन्धकारमा बस्न बाध्य छन । सोलार भउर के गर्ने घरीघरि विग्रिन्छ । विजुलि जस्तो हुदैने जे गरे पनि विधुत छिटो आए आफुहरुलाई केहि सुविधा पुग्ने गर बताउनुहुन्छ । किर्तिपुरबाट दलदले आउदा झलझल देखिए पनि सोहि नगरपालीको किर्तिपुरमा विधुतको पोल तथा तार पुगे पनि विधुत पुग्न नसक्नु लाज मर्दो कुरा हो । किर्तिपुर बासिले केवल पोल र तार मात्र हेरेर चित्त बुझाउन नपरोस नगरपालीकाले त्यस क्षेत्रमा पनि विधुतको सेवा छिटो भन्दा छिटो पुर्याउन आवस्यक छ ।
तपाइँको प्रतिक्रिया