बिमलको बहिनीको हत्या प्रकरण : प्रहरीले थाल्यो अनुसन्धान

पुरुषोत्तम सुबेदी
नवलपरासी, १४ जेठ । राष्ट्रिय फुटवलर खेलाडी विमल घर्ती मगरको १७ बर्षिय बहिनी मनिषा घर्ती मगरको रहस्यमय तरिकाले हत्याको भएको घटनाको प्रहरीले अनुसन्धान सुरु गरेको छ । मनिषाको शब घरमा बिहीबार एक्कासी छेदबिच्छेद अवस्थामा फेला परेपछि मनिषाको हत्या भएको आशंकामा थप अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक राजेन्द्र प्रसाद चौधरीले बताउनुभयो ।
प्रहरीले मनिषाको हत्या भएको हुन सक्ने र सो हत्यामा संलग्न रहेको आशंकामा मनिषा संग प्रेम सम्बन्ध रहेका नवलपरासी तिलकपुरका २२ वर्षीय रुद्रनारायण चौधरी (आशिष)लाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो ।
यता मनिषाको शबलाई पोष्टमार्टम कालागि काठमाण्डौ स्थित त्रिवि शिक्षण अस्पताल पठाईएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरक्षक प्रकाश सापकोटाका अनुसार आज पोष्टमार्टम रिपोर्ट आएपछि अनुसन्धान गर्न थप सजिलो हुने छ ।
नवलपरासीको बर्दघाट–८ पञ्चनगर घरमा एक्लै रहेकी मनिषा बिहीबार बिहान घरभित्र मृत अवस्थामा फेला परेकी थिइन् । मनिषाको रहस्यमय तरिकाले हत्या भएपछि आफन्त र स्थानियहरु शोकमा डबेका छन् ।
मनिषा स्थानिय बर्दघाट स्थित न्यूलाइफ उच्च मावि बर्दघाटमा कक्षा ११ को परीक्षा दिएर बसेकी थिइन् । मनिषाको हत्याको पुर्ण कारण खुल्न सकेको छैन । प्रहरीका अनुसार घटनास्थलको अव्स्था हेर्दा मनिषाको हत्या भएको अनुसक्ने प्रहरीलको अनुमान छ । यद्यपीप्रहरीले पोष्टमार्टम रिपोर्ट आएपछि घटनाबारे थप प्रष्ट हुने जनाएको छ ।
बिमल घर्ति खेलको सिलसिलामा बेल्जियम रहेकोले र आमा काम बिशेषले बुटवल गएको अवस्थामा मनिषा रमा एक्लै रहेकी थिईन । मनिषा एक्लै भएको मौका छोपेर हत्या गरिएको अनुमान गरिएको छ ।आमा बिहिबार बिहान घर फर्किदा घरको ढोका खुल्लै रहेको र कोठामा हेदा छोरी मृत अवस्थामा देखेपछि स्थानिय र प्रहरीलाई खबर गरेपछि मात्र घटना बाहिर आएको थियो ।मनिषाका दाजु बिमल बेल्जियम शुक्रबार काठमाण्डौ आईपुगेका छन् र आजै घर आउने अखिल नेपाल फुटवल संघ केन्द्रिय सदस्य एवं नवलपरासी जिल्ला अध्यक्ष प्रकाश पंगेनीले जानकारी दिनुभयो ।
तपाइँको प्रतिक्रिया