बिवाह गर्छु भन्दै ३ तोला सुन र १ लाख नगद सहित एक महिला गैँडाकोट ८ बाट फरार

गैँडाकोट, ७ असार ।
गैँडाकोट ८ बाट एक महिला ३ तोला गहना र १ लाख रकम लिएर फरार भएकि छन् । सलिना खनाल नाम बताउने अन्दाजि ३० वर्षकि महिला शनिवार करिब ३ लाख बराबरको गहना र १ लाख रकम सहित फरार भएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जानकारी दिएको छ । सलिना नाम बताउने यी महिला संग गैँडाकोटका इश्वरी प्रसाद अर्यालले बिवाह गर्ने तयारी गर्दै थिए । कुरा १ हप्ता अगाडिको हो । केहि समय अघि अर्याल कतारबाट नेपाल आएका थिए । नेपाल आएपछि सलिना भन्ने महिला संग अर्यालको इमो मा कुराकानी हुन थाल्यो र भेटघाट भयो ।
१ हप्ताको भेटघाटले यी दुवै बिवाह गर्ने टुंगोमा पुगेको प्रहरीले बताएको छ । गोरखा माइति रहेको बताउने सलिनालाई अर्यालले लिएर बिवाहको लागि गोरखा जाने निर्णय भएको थियो । बिवाहको निर्णय भएपछि अर्यालले गरगहना समेतको जोहो गरि लगाईदिएका थिए । असार ५ गते सलिना र अर्यालका केहि आफन्त भएर गोरखा जान तयारी गर्दै थिए । त्यही समयमा सलिना नाम बताउने ती महिलाले आफु पार्लर गएर आउछु भन्दै अर्यालको घरबाट निस्केकि थिइन् । त्यसपछि फरार भएको जनाईएको छ । अहिले उनको खोजि भैरहेको इलाका प्रहरी कायालय गैँडाकोटले जानकारी दिएको छ । यी महिलाको घर काहाँ हो र वास्तविक नाम थर के हो भन्ने बारे समेत अझै पुष्टि हुन नसकेको प्रहरीले जनाएको छ । परिवारजनले यी महिलालाई कहि कतै देखे प्रहरी कार्यालय वा ९८४५५४८८६५ मा खबर गरिदिन आग्रह गरेका छन् ।
तपाइँको प्रतिक्रिया