विप्लव माओवादीका कार्यकर्ताद्धारा जिल्ला शिक्षा अधिकारीलाई कालोमोसो

१५ वैशाख, काठमाडौं । काठमाडौंका जिल्ला शिक्षा अधिकारी शंकरबहादुर गौतमलाई विप्लव माओवादीका कार्यकर्ताहरुले कालोमोसो दलेका छन् । बुधबार दिउँसो गौतमकै कार्यकक्षमा पुगेर विप्लवसम्बद्ध अखिल क्रान्तिकारीका विद्यार्थीहरुले कालोमोसो दलेका हुन् । कालोमोसो दलेलगत्तै माओवादी कार्यकर्ताहरु भागेका थिए । प्रहरीले कालोमोसो दल्नेहरुको खोजी तीव्र पारेको छ । कालोमोसो दल्ने क्रममा केहि तनाव भएको थियो । जिशिअ गौतमले प्रतिवादसमेत गरेका थिए । सो क्रममा उनी सामान्य घाइतेसमेत भएका छन् । गौतमले शिक्षा क्षेत्रमा अनियमितता गरेको, आर्थिक घोटाला गरेको लगायतका आरोप लगाइएको पर्चा घटनास्थलमा फेला परेको थियो ।
तपाइँको प्रतिक्रिया