बुढी गण्डकी जलविद्युत आयोजनाको कामलाई तीब्रता दिन संसदिय समितिको सुझाव

संसदिय समितिले बुढी गण्डकी जलविद्युत आयोजनाको कामलाई तीब्रता दिनुपर्ने सुझाव दिएको छ । सिहदरबारमा आईतबार बसेको संसदको संसद तथा जलश्रोत समति बैठकले यस्तो सुझाव दिएको हो । समितिले १२ सय मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत आयोजनाबाट देशको उर्जा संकट धेरै हदसम्म समाधान हुनसक्ने भन्दै कामलाई तीब्रता दिन सुझाव दिएको छ । समितिका सभापति गगन थापाले बुढीगण्डकी आयोजना नेपालीकै लागानीमा निर्माण गर्न सकिने बताउनुभयो । बुढीगण्डकी जलविद्युत आयोजना बिकास समितिका अध्यक्ष डा. लक्ष्मी देवकोटाका अनुसार सन् २०२२ सम्ममा बुढीगण्डकीबाट विद्युत उत्पादन सुरु हुन सक्छ ।
तपाइँको प्रतिक्रिया