बुधबार ५,३१६ संक्रमित थपिए, ७,२१९ जना डिस्चार्ज, १०१ जनाको मृत्यु

काठमाण्डौ, १९ जेठ ।
नेपालमा कोरोना भाइरस बाट निको हुनेको दर निकै बढेको छ । निको हुने दर ८०.८ प्रतिशत पुगेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ७,२१९ जना निको भएर डिस्चार्ज भएका छन् । भने मुलुकमा ५,३१६ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ८०५ नमुना पीसीआर र एन्टीजेन नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । संक्रमण दर ३२.७ प्रतिशत पुगेको छ । बुधबार १०१ जनाको मृत्यु भएको छ ।सक्रिय संक्रमित संख्या १ लाख १ हजार ९९३ पुगेको छ । काठमाडौं उपत्यकामा बुधबार १,४५६ जना संक्रमित थपिएका छन् ।
तपाइँको प्रतिक्रिया