बुधवारसम्म सिट बाँडफाँटको टुंगो लाग्छ : माओवादी अध्यक्ष प्रचण्ड

काठमाण्डौं, भाद्र १३
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि गठबन्धन भित्रको सिट बाँडफाँट बुधवारसम्म टुंगो लगाउने बताउनुभएको छ ।
सोमवार काठमाडौंमा आयोजित नेकपा (माओवादी केन्द्र) को उपत्यका विशेष प्रदेश समितिको वैचारिक, राजनीतिक प्रशिक्षण तथा निर्वाचनसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
अध्यक्ष दाहालले तीन चरणमा सिटको भागबण्डा हुने दाबी गर्नुभयो ।
उहाँले १५ गतेसम्म सिट बाँडफाँट सक्ने र २० गते कुन क्षेत्रमा कुन दललाई उठाउने भन्ने निस्कर्ष निकाल्ने २५ भदौसम्म आ–आफ्नो पार्टीले उठाउने उम्मेदवारको टुंगो लगाइसक्ने बताउनु भयो ।
अध्यक्ष दाहालले स्थानीय निर्वाचनमा जस्तो टिकट वितरणमा अनौठा घटना नहुने दाबी गर्नुभयो । उहाँले माओवादी केन्द्रले प्रत्यक्षनतर्फ प्रतिनिधि सभामा ६० सिट र प्रदेश सभा सदस्यमा १२० सिट दाबी गर्ने बताउनु भयो ।
अध्यक्ष दाहालले नागरिकता विधेयकको गलत प्रचार गरेर नेकपा एमालेले चुनावी एजेण्डा बनाइरहेको आरोप लगाउनु भयो ।
उहाँले माओवादी केन्द्रले नै वैवाहिक अंगीकृतलाई ७ वर्षपछि मात्रै नागरिकता दिने प्रावधान ल्याएको उल्लेख गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहँदा ६ महिनासम्म नागरिकता विधेयक संसदमा पेस नगरेको बताउनु भयो अध्यक्ष दाहालले सरकार राष्ट्रिय सहमति बनाएर वैवाहिक अंगीकृतको बारेमा पनि प्रतिवद्ध रहेको बताउनु भयो ।
उहाँले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि काठमाडौं उपत्यकामा नयाँ उम्मेदवार ल्याउने तयारी गरेको बताउनु भयो ।
उहाँले काठमााडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले स्थानीय निर्वाचन सेन्टिमेण्टले जितेको दाबी गर्दै माओवादी केन्द्रले पनि बालेन्द्रले भन्दा चर्को सेन्मिेण्टको उपाय खोजिरहेको बताउनु भयो ।
तपाइँको प्रतिक्रिया