बुबाको निधन भएको छैन : राजु गुरुङ

काठमाडौं, २४ जेठ राष्ट्रिय गीतका संगीतकार अम्बर गुरुङको स्वास्थ्य अवस्था अत्यन्त गम्भिर तर स्थिर भएको पारिवारिक स्रोतले जनाएको छ । उच्च रक्तचाप तथा खान पचाउन समस्या हुने देखिएपछि उनी एक साताअघि ग्राण्डी अस्पताल भर्ना भएका थिए । बुवाको अवस्था गम्भिर रहेको तर निधन नभएको अम्बरका छोरा राजुले भने बताए । भेन्टिलेटरमा राखेर उपचार गरिरहेको र अवस्था सुधार होला भन्ने आशामा रहेको बताए यसअघि अम्बर गुरुङको निधन भएको हल्ला सामाजिक सन्जालमा भाइरल भएकोमा राजुले दुःख व्यक्त गरेका छन् । उनले बाहिर नकारात्मक हल्ला फैलिएको ले परिवारलाई झन् मर्माहात बनाएको बताए ।
तपाइँको प्रतिक्रिया