बुलिङटार गाउँपालिका– २ मथरभीरमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु, ३० जना घाइते

काठमाडौं, कार्तिक १३
पाल्पाको रामपुरबाट तीर्थालु बोकेर मनकामना दर्शन गर्न जाँदै गरेको ना ६ ख ७५८० नम्बरको बस दुर्घटना भएको छ ।
बस नवलपरासी पूर्वको बुलिङटार गाउँपालिका– २ मथरभीरमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । भने ३० जना घाइते भएका छन् ।
सो बस आज बिहान ४ बजे दुर्घटना भएको थियो । दुर्घटनाका घाइतेलाई उद्धार गरी चितवन ल्याउने तयारी भइरहेको जनाइएको छ ।
कावासोतीका प्रहरी निरक्षक जयराम वन्तका अनुसार पाँच जनाको घटनास्थलमा मृत्यु भएको बताईएको छ ।
उनले भने,‘ एक जनाको शव निकालिसकेका छौं । अरु ४ जनाको शव निकाल्दै छौं ।’ अहिले उद्धार कार्य जारी छ । उनका अनुसार दुर्घटना के भएर भएको भन्ने खुलेको छैन । प्रहरीले अनुसन्धान गर्दैछ । घटनाका सम्बन्धमा थप विवरण आउन बाँकी छ ।
तपाइँको प्रतिक्रिया