बैक मार्फत बृद्ध भत्ता पाउन थाले पछि बृद्धाबृद्धहरु खुशि

बिबेक भण्डारी / सावित्री रेग्मी १४, नेपाल सरकारले जेष्ठ नागरीक ,एकल महिला , पुर्ण अपाङ्गता , अति अशक्त अपाङ्गता ,लोपोन्मुख आदिवासी जनजाती र कणाली तथा दलित वालवालिका हरुका लागी भनेर भत्ता वितरण गर्ने गरेको छ । हरेक जिल्लामा गाविस वा नगरपालीका बाट भता वितरण गर्ने गरेको छ । जेष्ठ नागरिक तथा एकल महिलाका लागी एक हजार , पुर्ण अपाङ्गताका लागी २ हजार , अति अशक्त अपाङ्गताका लागी ६ सय लोपोन्मुख आदिवासी जनजातीका लागी २ हजार र कणाली तथा दलित वालवालिकाको लागी ४ सय मासिक भत्ता वितरण गर्ने गर्दछ । र २०७३ साल असार मसान्त देखी ७० बर्ष पुरा भएका जेष्ठ नागरीकका लागी उपचार खर्च मार्सिक १ हजार थप गरेको हो । पछिल्लो समय सरकारले जेष्ठ नागरिकलाई सहजता प्रदान गर्नका लागी बैङ्क मार्फत भत्ता वितरण गर्ने निति ल्याएको छ । जुन कतिपय जिल्लाहरुमा सञ्चालन पनि भएका छन । जसमध्ये नवलपरासी कावासोति नगरपालीका पनि एक हो । यस नगरपालीकाले आर्थिक वर्ष ०७३÷०७४ देखी सामाजिक सुरक्षा भत्ता बैकमार्फत वितरण गर्न सुरु गरेको छ । जसका लागी नगरपालीकाले १ देखी १६ वडा छुट्याएर नगरपालीका भित्रका वैङ्क मार्फत भत्ता वितरण गर्ने प्रवन्ध मिलाएको छ । जस अनुसार वडा नं १,४,५र ६ का जेष्ठ नागरीकहरुले मेघा बैक लिमिटेड कावसातीमा वाट भत्ता लिन सक्नेछन भने वडा न।२का जेष्ठ नागरीकहरुले हिमालयन बैक लिमिटेड कावसाती वाट लिन सक्नेछन । त्यस्तै वडा न।३का जेष्ठ नागरीकहरुले कुमारी बैक लिमिटेड कावसाती,वडा न।११ र१२ का जेष्ठ नागरीकहरुले प्राइम कमर्सियल बैक लिमिटेड कावसाती ,१३ का ग्लोबल आइयमि बैक लिमिटेड कावसाती ,७,८,९र १० का जेष्ठ नागरीकहरुले प्रभु बैक लिमिटेड कावसाती र १४,१५र१६ का जेष्ठ नागरीकहरुले नेपाल एस बि आइ बैक लिमिटेड कावसातीमा खाता खोल्न पठाएको कावसोति नगरपालीका प्रशासन प्रमुख महेन्द्र बास्ताकोटीले जानकारी दिनु भयो । यसरी बैङ्क मार्फत भत्ता लिन थालेपछि जेष्ठ नागरीकहरुले सहज भएको वताएका छन । गाविस वा नगरपालीका वाट भत्ता लिदां सवै लाई एकै ठाउंवाट वितरण गर्ने भउकाले पनि भिडभाड बढी हुने गर्दथ्यो भने समयमा नै भत्ता लिन जानुपर्ने बाध्यता रहेको थियो । सरकारले भता भनेर पठाएको पैसा समयावधिमा सबै लाई बाडिसक्नु पर्ने हुन्छ । यदिक कसैले आफनो भता एक महिनामा नलगे भता फिर्ता जाने गरेकोले उनिहरुको भताफिर्ता नजाओस भन्नाका लागी बैकबाट भता दिन लागेको बास्ताकोटीले बताउनु भयो । गाविस तथा नगरपालीकाले भत्ता वितरण गर्दा लामो समय सम्म लाइनमा बस्नु पर्ने बाध्यता थियो भने बिरामी भएर आउन नसक्दा वा घुम्न जादा भता छुटिने डर हुन्थयो । नसकेको बैलामा वा अन्य कारणले भत्ता लिने समयमा छुटे पनि आफुले मन लागेको समयमा आएर भत्ता पाउने भएकोले वैक बाट भत्ता वितरण गर्ने निति प्रति आफुहरु निकै खुसी भएको जेष्ठ नागरिकहरु व्ताउंछन । सरकारले वर्षको ३ पटक भता निकासा गरेको हुन्छ । भता लिन आउन नसकेको वा नभ्याउदा आफनो भता फिर्ता गयो भन्नेडर नभएपछि जेष्ठ नागरीकहरुले यसलाई सकारात्मक रुपमा लिएका छन ।आफुलाई आवश्यक परेको छैन भने भता लिन जान्न पछि लिन्छु भने पनि आफनो खातामा पैसा सुरक्षित बस्ने तथा बैकले दिने नियम अनुसारको ब्याज पाउने भएकाले बैकबाट दिने प्रणाली राम्रो भएको कावसोति नगरपालीका प्रशासन प्रमुख महेन्द्र बास्ताकोटीले बताउनु भयो । भता पाउनको लागी लामो समय सम्म लाईनमा बस्नु पर्ने हुदा भता लिन आउने जेष्ठ नागरीकहरुलाई निकै गाह्रो हुने गदथ्यो । यसरी बैकबाट भता पाउंन थालेपछि उनिहरुको खातामा पैसा जम्मा हुने र सोही अनुसारको ब्याज पनि पाउने हुदा जेष्ठ नागरीकलाई निकै सहज भएको वताएका छन ।
तपाइँको प्रतिक्रिया