बैचारिक धरातलमा आए मात्र पार्टी एकता हुन्छ : देबप्रसाद गुरुङ

बिबेक भण्डारी माघ १४, नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सचिवालय सदस्य तथा पुर्वमन्त्री देबप्रसाद गुरुङले एमाओवादी लोकतान्त्रिक गणतन्त्रको धारबाट जनवादी
गणतन्त्रको बैचारिक धरातलमा आए मात्र पार्टी एकता हुने बताएका छन् । पार्टी एकताका लागि बैचारिक आधार तयार गर्नुपर्ने भन्दै पुर्व स्थानीय विकास मन्त्री गुरुङले बैचारिक एकताका लागि एमाओवादीले हेटौडा महाधिबेशनको कार्यदिशा सच्चाउनुपर्नेमा जोड दिए । नवलपरासीको गोपीजंगमा कार्यकर्ता भेटघाटमा बोल्दै नेता गुरुङले एमाओवादी अझै पनि बाबुराम भटट्राइकै बैचारिक धरातलमा भएकाले एमाओवादीले कार्यदिशा सच्चाउनु पर्ने उल्लेख गरे । एकताको बडो हल्ला भइराखेको छ प्रचण्डहरु हतारमा पनि हुनुहुन्छ तर कार्यदिशामा एक मत नहुदा सम्म एकता हुदैन –कार्यकर्ताको जवाफको प्रत्युतरमा गुरुङले भने – हाम्रो बैचारिक लाई सही छ त्यही अनुरुप एकता हुन सक्दछ । एमाओवादीले जारी संबिद्यानलाई काग्रेस एमाले भन्दा अगाडि बढेर युगान्तकारी भनेकोमा उनले रोष समेत प्रकट गरे । उहांहरु एकथान संबिद्यानलाई युगान्तकारी भन्नुहुन्छ हामी प्रतिगामी भन्छौ गुरुङले भने । तर,राष्ट्रिय स्वाधीनताका लागि कम्युनिष्टहरु बीच एकता आवश्यक रहको गुरुङले दोहोयाए । बाबुराम भट्टराईको लोकतान्त्रि गणतन्त्रको धारका कारण एमाओवादीको बर्तमान हबिगत भएको नेता गुरुङले जिकिर गरे ।
तपाइँको प्रतिक्रिया