बैदेशीक रोजगारी वाट फर्केर माछा पालनमा लागे सापकोटा

सावित्री रेग्मी ,नवलपरासी,हाम्रो देशको राम्रो सम्भावना भएको क्षेत्र मध्ये कृषि क्षेत्र पनि एक हो । मुलुकको कृषि क्षेत्रमा ठुलो हिस्सा समावेश भएको भएपनि उत्पादन भने सन्तोषजनक छैन । यसले कुल ग्रार्हस्थ उत्पादनको जम्मा एकतिहाइ हिस्सा मात्रै समेटेको छ । निर्वाहमुखी कृषि पेशालाई व्यवसायीकरण गर्न सके यही रोजगारीको अवसर निर्माण गर्न सकिन्छ । कृषि व्यवसायमा अनुदान दिने सरकारी व्यवस्था पछि केहि युवाहरु तरकारी खेती ,पशुपालन, कुखुरापालन तथा माछापालन तर्फ आर्कसित भएकाछन । तर पनि वजारीकरणको अभाव , आवश्यक मात्रामा मल ,विउ, दाना लगायतका कृर्षि संग संवन्धित कुराहरुको अभावमा यसतर्फ सोचेजति लाभ लिन भने सकिएको छैन । त्यस्तै मध्ये नवलपुर क्षेत्रमा राम्रो सम्भावना भएको तथा भौगेगिक अवस्था पनि अनुकुल रहेको व्यवसाय मध्ये माछा पालन पनि एक हो ।नवलपुर क्षेत्रमा पछिल्लो समय माछा पाल्ने युवाहरुको संख्या समेत बढ्दो छ । कतिपय युवाहरुले माछा पालनलाई दिर्घकालिन आम्लानिको वाटो पनि वनाएका छन । यसै मध्ये पोखराका सुनिल सापकोटा पनि एक हुन । उनि २ वर्ष अगाडी कावासोतिमा आएर माछा पालन ब्यवसाय सुरु गरेका छन । कावासोति नगरपालिका १२ पिठौलिमा उनले १२ विगाह क्षेत्रफलमा माछा पोखरी सुरुवात गरेका हुन । वैदेशीक रोजगारीमा १२ बर्ष सम्म बसेर नेपाल फर्किएका सापकोटा ले विदेशी माटोमा धेरै पसिना बगाईयो अव आफ्नो देशमा नै केहि गर्नु पर्दछ भन्ने सोचले माछा पलालन ब्यवसाय सुरु गरेको उनि बताउंछन ।
युवा वर्गलाई कृर्षिमा आकर्षित गर्नका लागी सरकारले विभिन्न किसीमका योजनाहरु ल्याएको भएपनि वास्तविक किसानहरु समक्ष नपुग्दा किसानहरु सधै मर्कामा पर्ने गर्दछन । कृर्षि क्षेत्रमा सरकारी तवरवाट कृषकले पाउने अनुदान को प्रकृया झन्झटिलो र लामो हुने भएकाले पनि कृर्षिको क्षेत्रमा सोचे अनुरुप काम अगाडी बढ्न नसकेको बताए ।
यो ब्यवसाय आम्दानिको हिसावले निकै राम्रो मानिन्छ । तर यस भित्रका चुनौतिहरु जस्तै वजारको समस्या ,भारतको माछालाई बढी प्रथामीकता दिने र सस्तो दरमा भारतको माछा बजारमा आउनाले स्वदेशमा उत्पालन गरिएका माछाले राम्रो मुल्य नपाउनु अहिलेको मुख्य चुनौति वनेको छ ।
यसरी माछा लगाएतका अन्य ब्यवसायहरुलाई राम्रो संग गर्ने हो भने विदेश जान पर्ने अवस्था भने आउने थिएन । नेपालमै उत्पालन भएको वस्तुको प्रयोग बढाई विदेशी उत्पादनको आयातलाई रोक्न सकियो भने पनि स्वदेशी उत्पादनमा देखीएको वजारीकरणको समस्या न्युनिकरण गर्न सहयोग पुग्ने छ । यसको साथै कृषकहरुले पनि आफुले जुन सुकै काम होस पहिला बुझेर ,अध्यन गरेर वल्ल ब्यवसायमा हात हाल्नु पर्दछ । सरकारी अनुदान पाईन्छ भन्ने भरमा काम नसिकीकन नबुभिलकन कुनै पनि ब्यवसाय सुरु गर्नु उचित हुदैन । त्यसैले बुझेर नै यो क्षेत्रमा लाग्ने हो भने सफलता अवश्य नै मिल्नेछ ।
तपाइँको प्रतिक्रिया