बैशाख देखि शिक्षकले मासिकरुपमै तलब , कसरि ?

२९, बैशाख देखि शिक्षकले मासिकरुपमै तलब पाउने भएका छन् । शिक्षा विभागले आगामी बैशाखदेखि शिक्षकलाई मासिकरुपमै तलब भुक्तानी गर्ने तयारी गरेको हो । शिक्षा मन्त्रालयले यसअघि नै निर्णय गर्दै शिक्षकलाई मासिक रुपमै तलब भुक्तानीको व्यवस्था गर्न शिक्षा विभागलाई निर्देशन दिएको भएपनि कार्यान्वयन हुनसकेको थिएन । विभागले हालसम्म शिक्षकलाई चैमासिकरुपमा तलब भुक्तानी गर्दै आएको छ । सोमबार शिक्षा विभागले अयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा विभागका आर्थिक प्रशासन शाखाका उपनिर्देशक भगवान उप्रेतीले आगामी बैशाख देखि शिक्षकलाई मासिक रुपमै तलब भुक्तानी गरिने बताउनु भयो । त्यसका लागि आवश्यक सवै तयारी पुरा भएको समेत उहाले जानकारी दिनुभयो । उहाका अनुसार चारै महिनाको तलव एकैपटक जिशिका मार्फत विद्यालयमा पठाउँछौं । विद्यालयले महिनापिच्छे शिक्षकलाई तलब खुवाउँछ । बैशाख १५ भित्रै शिक्षकलाई माग फारम भराउँने त्यसको एकहप्तामा जिशिकामा चौमासिक वजेट पठाउँने , त्यसको एकहप्ता भित्र जिशिकाले चौमासिक रुपमै विद्यालयमा वजेट पठाउँछ र विद्यालयहरुले मसिकरुपमै शिक्षकलाई तलव निकासा गर्ने बताउनु भयो । अन्य निजामति कर्मचारीको मासिक तलब भुक्तानी हुनेगरेपनि शिक्षकले तलब बुझ्न ४ महिनासम्म कुर्नुपर्दा शिक्षकहरुले कठिनाई झेल्दै आएका थिए । नेपल शिक्षक महासंघले पनि लामो समय देखि शिक्षा मन्त्रालय र विभागलाई शिक्षकलाई मासिकरुपमा लब भुक्तानी गर्न दबाब दिँदै आएको थियो । विभागको नया व्यवस्थाबाट शिक्षकहरुको व्यवहारिक समस्या समाधान हुने र उनीहरु कामप्रति थप उत्प्रेरित हुने विभागका महानिर्देशक बाबुराम पौडेलले दावी गर्नुभयो ।
तपाइँको प्रतिक्रिया