बोलेरोको ठक्करबाट नवलपरासीमा एकको मृत्यु

सरु शर्मा,
परासी, असार ३०–
नवलपरासीको बर्दघा
–९ भुताहामा सवारीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्व तर्फ गईरहेको ग १ ज ५५६५ नम्बरको बोलेरो जिपले बुधबार राति ठक्कर दिदाँ नवलपरासी तिलकपुर गाविस वडा नम्बर ८ निवासी वर्ष ३० का सुब्बा परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जानकारी दिएको छ ।
ठक्करबाट गम्भिर घाईते भएका परियारको उपचारका लागी पृथ्वीचन्द्र जिल्ला अस्पतालमा ल्याईएकोमा अस्पतालले मृत घोषणा गरेको प्रहरीले बताएको छ । ठक्कर दिने सवारी र सवारी चालक बर्दघाट ईलाका प्रहरी कार्यालयमा राखिएको प्रहरीले जनाएको छ ।
तपाइँको प्रतिक्रिया