बौंदीकाली गाउँपालिकामा २ सय ८० कार्यकर्ता कांग्रेस प्रवेश

कावासोती, ३ मंसीर । नवलपुर जिल्लाको बौंदीकाली गाउँपालिकामा नेकपा एमाले पार्टी परित्याग गरेर दुुई सय ८० कार्यकर्ता नेपाली कांग्रेसमा पवेश गरेका छन् । गाउँपालिकाका उपसभापति डिल्लीराम रानामगरको पहलमा नेकपा एमाले त्यागेर कांग्रेस प्रवेश गरेका नवप्रवेशीहरुलाई सबिधानसभाका सदस्य महेन्द्रध्वज जीसीले पार्टीको साधारण सदस्य वितरण गर्दै स्वागत गर्नुुभएको थियो ।
पार्टीका उपसभापति राना मगरका अनुसार बौदीकाली ३ रकुुवाका स्थानीय एमाले नेता मानसिहं मस्रागी मगर, महेन्द्र सुनार, चन्द्रबहादुुर बोटे, हिरा मश्रांगी मगर लगायतका २८० एमाले कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रबेश गरेका हुन् ।
कार्यक्रममा बौदीकाली गाउँपालिकाका अध्यक्ष दुुर्गाबहादुर रानामगर,नेपाली कांग्रेस बौदीकाली गाउँपालिकाका सभापति केबी राना,उपसभापति डिल्लीराम रानामगरले बौदीकाली गाउँपालिकामा कांग्रेसको जनलहर सिर्जना गर्ने गरि संगठनलाई अगाडि बढाईएको बताउनुुभयो ।
तपाइँको प्रतिक्रिया