‘ब्रासलेट’ मौलकितामा आधारित चलचित्र तीजको कोसेली हो ’ – निर्देशक शर्मा

राजेन्द्र आचार्य
चितवन, १२ भदौं । नेपाली चलचित्र ‘ब्रासलेट’ समाजमा भैरहेको घटना र मौलकितामा आधारित रहेको त्यसका निर्माता तथा निर्देशकले बताएका छन् । चितवनमा आज पत्रकार सम्मेलन गरी चलचित्र ब्रासलेटका निर्माता केशव भट्टराईले सामान्यतया भैरहेको घटनालाई जोडेर चलचित्र बनाएको बताउनुभयो । चलचित्रको प्रचारप्रसारमा लागेको ब्रासलेट टिमले आज चितवनका पत्रकराहरु माझ चितवनका दर्शकमाथि धेरै नै भरोसा रहेको बताएका छन् । तीजका दर्शकलाई केन्द्रित गरेर भदौ १७ बाट चलचित्र प्रदर्शन गर्न लागिएको हो । चलचित्रका निर्देशक निर्मल शर्माले गलत होहल्ला गरेर प्रोपोगाण्डा नगरी भन्नु पर्दा चलचित्रमा मौलिकता दिन खोजिएको बताउनुभयो । १२ बर्षपछि फिल्मका कमव्याकका रुपमा उक्त फिल्ममा नायक रमेश उप्रेति आएका छन् । चलचित्रका नायिका रजनी केसीले महिलाहरु पुरुषका लागि कति महत्वपूर्ण छ भनेर आफ्नो भूमिकाले देखाउन खोजेको उल्लेख गर्दै महिलाको शक्ति देखाउने आफ्नो भूमिका रहेको बताउनुभयो । यसमा नायक रमेश उप्रेतीसँग रजनी केसी र नम्रता सापकोटाको मुख्य भूमिका छ । सुगम गुरागाईले यसबाट डेव्यु गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।
तपाइँको प्रतिक्रिया