भए म प्रधानमन्त्री, नभएपनि मै प्रधानमन्त्री : सुशील कोइराला

काठमाडौं । १२ घण्टा अघि मात्र आफू प्रधानमन्त्री नहुने, देउवा र पौडेल मिलेर आउन भन्दै उनीहरुलाई विदाबारी गरेका कोइराला रातारात परिवर्तन भए ।
आफैंले कारबाहीको सिफारीस गरेको व्यक्ति अर्थात् अमरेशकुमार सिंहले रातारात कोइरालाको दिमाग लैनचौरको भारतीय दुतावासको कराईमा फ्राई गरिदिएपछि कोइराला शनिबार बिहान देउवा र रामचन्द्रसँग कड्किए, भए म प्रधानमन्त्री, नभएपनि मै प्रधानमन्त्री ।
कोइराला कड्किने वित्तिकै चाल बुझेका देउवालेमुन्टो हल्लाए । हुन्छ दाई । रामचन्द्र एकछिन वाल्ल परे । पछि उनले पनि बुझे लैनचौर कार्ड ।
भारतले नाकाबन्दी लगाएर आहत भएका नेपाली जनतालाई धुलो चटाउँदै त्यही भारतको इशारामा कोइराला प्रधानमन्त्री बन्न लागेको कुरा त कांग्रेस भित्रका राष्ट्रवादी धारका नेता पुर्णबहादुर खड्काको रुवाइबाटै प्रष्ट भइसकेको छ ।
पुर्णबहादुरको राजीनामाा पनि यस कारण नै भएको हो । उनले कोइराला भारतको प्रयोग स्वरुप उम्मेदवार भएको र अझै वितण्डा मच्चाउने बताएका छन् । उनले रुदै कोइरालाले पार्टी पनि सक्ने र देश पनि भाँडभैलो पार्ने बाटो रोजेको बताएका छन् ।
उनको यो रुवाइमा आम नेपालीको आँशु खसेको छ । पक्का हो, कोइराला विस्तारबादीको चंगुलमा फसे, कांग्रेसका सांसदहरुकै दाबी हो यो । संसद भवनको ल्होत्से हलमा बसेर कोइरालाको उजाड उम्मेदवारी हेरिरहेका कांग्रेस सभासद रामहरी खतिवडाले त सुशील दाईलाई भोट दिँदा अरुकै मान्छेलाई दिएको जस्तो अवस्था आएको बताउँदै अनुहार निलो बनाए ।
उनले कांग्रेसले इतिहाँसमा बदनाम हुने काम गरेको बताए । कांग्रेसका अर्का सभासद बहादुरसिंह लामाले आफु पनि काम गर्न नसक्ने र अरुलाई पनि काम गर्न नदिने प्रवृत्ति कांग्रेस नेताहरुमा देखिएको बताए । उनले पनि जनतालाई धोका दिने काम गर्न नहुने बताए ।
यसैगरी काँग्रेस सभासद चन्द्र भण्डारीले कोइरालाले केही गर्न नसक्ने टिप्पणी गरे । उनले काँग्रेसको नेतृत्व राष्ट्रप्रति जिम्मेवार हुन नसकेको भाव पोखे ।
कांग्रेस सभासद राजिवविक्रम शाहले त अब कांग्रेसको सांसद हुँ भन्न पनि लाज लाग्ने अवस्था आइपरेको बताए । संसद सचिवालयमा सुशीलको मनोनयन दर्ता हुँदा उनीहरुले न त ताली नै बजाए, न त कुनै उत्साह नै ।
केवल हेरिरहे, एक दर्शकले चलचित्रको पर्दामा फिल्मका झुर दृश्य हेरैझैं । आफ्नै सभाापतिलाई भिलेनका रुपमा, केवल भिलेन ।
तपाइँको प्रतिक्रिया