भरतपुरका जनप्रतिनिधि गुणस्तरहिन काम गर्दै. पिच निमार्णमा अनियमितता भएको भन्दै स्थानियको आक्रोश
प्रकाश सिग्देल,
चितवन, ६ असार ।
भरतपुर महानगरपालिले भनपा ९ भानुचोकमा गरेको पिच कम्सल भएको भन्दै स्थानियहरु आक्रोशित बनेका छन् ।
रातिको समयमा आएर गुणस्तर हिन पिच गरर बजेट भ्याउने काम भएको भन्दै भन्दै स्थानियले आक्रोश पोखे ।
नयाँ आर्थीक वर्ष सुरु हुन लागेकाले जनप्रतिनिधिले धमाधम कम्सल काम गरी बजेट सकाउने काममा सक्रिय भएको स्थानियहरुको भनाइ छ । पिचमा पुरै साना साना ढुङगाहरु प््रास्टै देखिएको छ ।
रातिमा आएर नगरपालिकाले पिच गरेजस्तो गरि आर्थीक अनियमितता गरेको उपभोक्ता अधिकार संरक्षण मन्च चितवनका उपाध्यक्ष एवं स्थानिय बासिन्दा बिष्णु भुषालले बताउनु भयो । स्थानिय जय बहादुर सापकोटाले रातीमा आएर कम्सल माल हालेर पिच गरेजस्तो गरी टोली फकिएको बताउनु भयो । आफुले पिच गुणस्तरीय नभएको बताउदा पनि प्राबिधिकहरुले कुनै चासो नदिएको उहाको भनाइृ छ ।
। यो पिच एक महिना पनि नटिक्ने खालको रहेको छ । पिच अहिलेई भत्किई सकेको छ । करिव १०० मिटर पिच कम्सल खालको गरेको स्थानियले बताए । सोही सडकको अन्य पिच भने स्तरीय छ । कम्सल पिच गर्ने जनप्रतिनिधि देखी निमार्णमा संलग्न टिम माथी कारबाही हुनु पर्ने स्थानियहरुले माग गरेका छन् ।
तपाइँको प्रतिक्रिया