भरतपुरमा एक युवती मृत फेला, सँगै रहेका तीन जना माथि प्रहरी अनुसन्धान सुरु

१८ फागुन, चितवन
भरतपुरमा एक युवती मृत फेला परेकी छिन् । चितवनको भरतपुर महानगरपालिका वडा नं. १० कालिका चोकमा एक युवती मृत फेला परेकी हुन् । भारतको आसाम घर भई भरतपुर बस्दै आएकी १९ वर्षीया सुनिता देवी मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी दिएको छ । उनी बस्दै आएको घरमा झुण्डिएको र उनका साथीहरुले पासो काटेको अवस्थामा मृत भेटिएको हो ।
एक घरको फ्ल्याट भाडामा लिएर तीन जना युवतीले बसेका थिए । सो फ्ल्याटमा २ जना युवती र २ युवक बुधबार राति सँगसँगै बसेको र उनीहरुका बीचमा झैझगडा हुँदा एक युवती झुण्डिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले जनाएको छ । घटनामा सँगै रहेका तीन जनालाई प्रहरीले पक्राउ गरेर आवश्यक अनुसन्धान गरिरहेको छ ।
झुण्डिएर मर्छु भनेर साथिहरु माझ धम्काउदा र स्टण्ट देखाउन खोज्दा घटना घटेको हो कि भन्ने प्रहरीले आशंका गरेको छ । मृतकको शव पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको छ ।
तपाइँको प्रतिक्रिया