भरतपुरमा हुन लागेको महायज्ञको तयारी तिव्र

पौष २९ , भरतपुर
ब्राह्मण समाज नेपाल चितवनको आयोजना एवं ओमकार परिवारको सहभागितामा भरतपुरमा आयोजना गरिएको श्रीमद्भागवत महापुराण तथा धनधान्याञ्चल विराट ज्ञान महायज्ञ को तयारी तिब्र पारिएको छ ।
माघ १५ देखी २३ गते सम्म संगमटोल भरतपुर ९ शरदपुरमा महायज्ञ गर्न लागिएको श्रीमद्भागवत महापुराण तथा धनधान्याञ्चल विराट ज्ञान महायज्ञका मुल समितिका संयोजक टंकनाथ पौडेलले बताउनु भयो ।
समाजमा हराउदै गएको हिन्दु धर्मको ज्ञान र दर्शनको बारेमा आम मानिसमा जानकारी प्रवाहगरी सामाजिक जागरण ल्याउने, ब्राहमण समाज नेपाल चितवनको भवन निर्माण गर्ने, जेष्ठ नागरिक सेवा सञ्चालन गर्ने, गरिव असाहय एवं ज्येष्ठ नागरिकको बहुआयामिक सहयोगार्थ अक्ष्यकोष स्थापना गर्ने, पञ्चायन मन्दिर निर्माणका साथै दैनिक धार्मीक प्रर्वचनको ब्यवस्था गर्ने, धार्मीक पुस्तकालय एवं बाचनालय स्थापना गर्ने, प्रत्यक दिन योग कक्षा सञ्चालन गर्ने र गुरुकुल शिक्षालाई प्रोत्साहन गर्ने उदेस्यसहित महायज्ञ आयोजना गरिएको महायज्ञ मुल समितिका संयोजक पौडेलले बताउनु भयो ।
महायज्ञको १५ गते भरतपुर बजारका बिभिन्न क्षेत्रमा बृहत कलसयात्रा सहित उद्धघाटन गर्ने, १६ गते सामुहिक व्रतबन्ध गर्ने,अन्य दिन नित्य पुजा, भागवत पारायण, कथा प्रवचन, लक्ष्यदीप प्रज्जवलन तुलादान, दैनिक भजन कृतन, झाकि प्रर्दशन र २३ गते पुर्णाहुती र समापन गरिने उहाँको भनाई छ ।
महायज्ञमा आचार्य बालकृष्ण अर्यालको मुखार बिन्दुबाट कथा प्रवचन हुने र महायज्ञको तयारीका लागी आफुहरु समिति निमार्ण गरेर अहोरात्र खटिएको महायज्ञका आर्थीक समितिका संयोजक राम ओस्तिले बताउनु भयो ।
महायज्ञका लागि १ लाख ५१ हजार दान दिएर अन्जना शर्मा घिमिरे मुल कर्ता बन्नु भएको छ । उहालेनै महायज्ञ सफल बनाउन १२ लाख दिने घोषाणा गर्नु समेत गर्नु भएको ओस्तिले बताउनु भयो ।
त्यस्तै महायज्ञमा भुमि दान गर्नेहरुले १०० कित्ताको बुक गरिसकेको संयोजक पौडेलले बताउनु भयो । समितिले दुुई कट्ठा १८ धुरलाई ६०१ वटा कित्ता बनाएर भुमिदानको ब्यवस्था मिलाएको छ । महायज्ञ प्रारम्भ नहुदै १०० कित्ता बुक भईसकेको त्यो मध्य संगम टोलबिकास संस्थाले १० बटा कित्ता, कृष्णहरी अर्यालले ५ कित्ता बुक गर्नु भएको र अन्य बिभिन्न ब्याक्तिहरुबाट गरी १०० कित्ता बुक भईसकेको संयोजक पौडेलले जानकारी दिनु भयो । उहाका अनुसार १ कित्ताको २१ हजार १ सय ११ रुपैया पर्ने छ । महायज्ञलाई तन मन र धनले सहयोग गरी सफल बनाउन उहाले आग्रह गर्नु भयो । त्यस्तै ३६ लाख रकम महायज्ञ सुरु नहुदै संकलन भईसकेको पनि उहाको भनाई छ । स्थानिय संगम टोल बिकास संस्थाले १ लाख ५१ हजार सहयोग गरेको छ ।
तपाइँको प्रतिक्रिया