भरतपुर अस्पतालको ओपिडी सेवा ६ गते आइतबारबाट सुरु हुने

चितवन, ४ असार ।
भरतपुर अस्पतालको ओपिडी सेवा ६ गतेदेखि सुरु हुने भएको छ । कोराना भाइरस (कोभिड–१९) को दोश्रो संक्रमणका कारण रोकिएको भरतपुर अस्पतालको ओपिडी सेवा पुनः सुरु हुन लागेको हो । भरतपुर अस्पतालले शुक्रबार एक विज्ञप्ति जारी गर्दै ओपिडी सेवो आइतबारबाट सुरु हुने जनाएको छ । अस्पतालले बिरामीको नाम दर्ता÷टिकट काट्ने समय बिहान ९ बजेदेखि ११ः३० सम्म र अस्पतालको सेवा ११ बजेबाट सुरु हुने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
तपाइँको प्रतिक्रिया