भरतपुर महानगरपालिकामा आज ३१ कोरोना संक्रमित थपिए, दुईको मृत्यु

चितवन, ९ कात्तिक–
पछिल्लो २४ घण्टामा चितवनका ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाको मात्रै ३१ जना छन् । स्वास्थ्य कार्यालय चितवनको अनुसार माडी नगरपालिकामा एक जना र रत्ननगर नगरपालिकामा एक जना कोरोना संक्रमित थपिएका हुन् । त्यस्तै पछिल्लो २४ घण्टामा १४ जना संक्रमित कोरोना मुक्त भएर घर फक्रिएका छन् । त्यस्तै विगत २४ घण्टामा चितवनका विभिन्न अस्पतालबाट दुई जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुने लमजुङ र काठमाडौँका रहेका थिए ।
तपाइँको प्रतिक्रिया