भरतपुर महानगरभित्र भइरहेको पूर्वाधार निर्माणको काम ढिलासुस्तीबारे मेयरको दाहालको रिर्पोटिङ्ग

भरतपुर ।
भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले महानगर भित्रका पूर्वाधार निर्माणमा भइरहेको ढिलासुस्ती बारे उपप्रधान, भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायण काजी श्रेष्ठलाई ध्यानाकर्षण गराउनुभएको छ ।
भरतपुर महानगरकै सभा हलमा आज विहान भएको छलफल कार्यक्रममा महानगरकी मेयर दाहालले बाइपास सडक निर्माणमा ठेकेदारको लापरवाही र ढिलासुस्तीको विषयमा ध्यानाकर्षण गराउनुभएको हो । साढे चार किलोमिटरको बाइपास सडक, निर्माण सुरु गरेको सातवर्ष पुग्दापनि सम्पन्न नभएको जानकारी गराउनुभयो । यस्तै गोन्द्राङ–पुलचोक सडक खण्ड ६ किलोमिटरको ठेक्का भएर सन्तोषजनक तरिकाले काम अगाडी बढेको उहाँले बताउनुभयो ।
यस्तै भरतपुर – गोलाघाट सडकको स्तरउन्नतीको काम अगाडी बढेका छन् । सहायक राजमार्गको रुपमा निर्माण भइरहेको यो सडक चनौलीदेखि गोलाघाटको बीच भागका आठदश किलोमिटर निर्माण हुन बाँकी छ । मेयर दाहालले पूर्वाधार मन्त्रालयको आगामी योजनामा भरतपुरको यो आयोजनालाई प्राथमिकतामा दिएर सहयोग गर्न मन्त्री श्रेष्ठसँग आग्रह गर्नुभयो ।
भरतपुर ठोरी, माडी हुलाकी सडक निर्माणको काम निकै ढिल्ला सुस्ती भएको छ । काम त अगाडी बढेको छ तर एकदमै ढिलासुस्ती भएको छ । माडी क्षेत्रमा राष्ट्रिय निकुञ्ज पर्छ । महानगरपलिकाको पूर्वाधार बाहेक ट्राफिक लाईटको व्यवस्थापन हुनुपर्छ । बढ्दै गएको चाप र स्मार्ट सिटीका लागि यो आवश्यक छ ।
मेयर दाहालले नारायणीमा सिग्नेचर ब्रीज निर्माण प्रक्रिया सुरु भएकोमा खुशी व्यक्त गर्नुभयो । गौतम बुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण सम्पन्न गर्न संघीय सरकार तथा भौतिक पूर्वाधार मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो । भरतपुर महानगरका भौतिक पूर्वाधार महाशाखा प्रमुख सिनियर डिभिजनल इञ्जिनियर लक्ष्मीप्रसाद भण्डारीले यो वर्ष ६० किमि सडक कालोपत्रे गर्ने लक्ष्य रहेको बताउनुभयो ।
उहाँका अनुसार अनुसार महानगरले विगतमा आफ्नै स्रोतबाट ६ सय ५० किमि सडक कालोपत्रे गरिसकेको छ । महानगरका मुख्य बजार क्षेत्रहरुमा ६ वटा ओभरहेड ब्रिज, ५ ठाउँमा ट्राफिक लाइट जडान गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । भरतपुर मेट्रोसिटी भैसकेकाले सौन्दर्यीकरण सहितको पूर्वाधार विकासमा मन्त्रालयको सहयोग आवश्यक देखिएको समेत उहाँको भनाई छ । उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रालयले उच्च प्राथमिकता दिएर भरतपुरको विकासमा लाग्ने बताउनुभयो । यसैविच माडी नगरपालिकाकी मेयर ताराकुमारी काजी महतोले माडीको विकासका लागि चितवन राष्ट्रिय निकुञ्ज बाधक रहेको बताएकी छिन् । भरतपुरमा आज विहान आयोजना गरिएको उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँगको विशेष साक्षेत्कार कार्यक्रममा बोल्दै मेयर महतोले माडीबासीहरु निकुञ्जवाट पीडित हुँदै आएको बताईन । जनावरवाट बर्षेनी तीनचार जनाले अकालमै ज्यान गुमाइरहेका छन् – उनले भनिन खेतीपाती समेत जनावर सखाप बनाउन छाडेको छैन ।
तपाइँको प्रतिक्रिया