भरतपुर–११ को बाटो लामो समयदेखि अलपत्र परेपछि स्थानीयबासी आन्दोलित

बैशाख ०६, चितवन
भरतपुर महानगरपालिका–११ स्थित वडा कार्यालयदेखि बरपिपल चोक हुँदै दिपज्योती टोलसम्मको बाटो लामो समयदेखि अलपत्र परेपछि स्थानीयबासी आन्दोलित भएका छन् । धुलो उडेर सास्ती भएपछि स्थानीयबासीले बाटोमा ढुंगा र ह्युम पाइप राखेर बाटो नै बन्द गराएका छन् । उक्त बाटोको निर्माणकार्य प्रदेश सरकारको बजेटमा यसअघिका जनप्रतिनिधिकै कार्यकालमा सुरु भएको हो । ठेकेदारले समयका काम नगरेर हैरान पारेपछि स्थानीयबासीले संघर्ष समिति नै बनाएर आन्दोलित हुन बाध्य भएको बताएका छन् । भरतपुर–११ का वडाध्यक्ष कमलबहादुर मल्लले ठेकेदारको लापरबाही र अटेरीले बाटो पिच हुन नसकेको बताए । उक्त बाटोमा छिटो पिच गरिदिन भन्दै आफु महानगरमा दशौँ पटक गएको भन्दै उनले ठेकेदारले महानगरका कर्मचारीलाई पनि नटेरेको बताए ।
तपाइँको प्रतिक्रिया