भागवत महापुराण नवाह ज्ञान महायज्ञ सुरु

नवलपरासी १६
गैडाकोट नगरपालिका वडा नं. १३ सिख्रौली स्थित दुर्गा मन्दिरमा बुधवारदेखि देवी भागवत महापुराण नवाह ज्ञान महायज्ञ सुरु भएको छ । महायज्ञको बुधवार नवलपरासी क्षेत्र नं. ३ का सांसद कृष्ण पौडेलले उद्घाटन गर्नुभएको छ । महायज्ञ को बुधवार पहिलो दिन विहान ८ बजे कलस यात्रा गरिने छ भने दिउँसो १ बजे दीप प्रज्ज्वलन गरिुएको थियो । महायज्ञ उद्घाटन पूर्व मंगलवार मोटरसाईकल ¥याली समेत निकालिएको महांयज्ञका संयोजक चुडामणी गौतमले जानकारी दिनुभयो । महायज्ञ उद्घाटन शत्रमा मन्दिर ब्यवस्थापन समितीका अध्यक्ष चन्द्रदत्त सापकोटाकको अध्यक्षता एवं नवलपरासी क्षेत्र नं. ३ का सांसद कृष्ण पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । मंसिर २३ गते सम्म चल्ने महायज्ञमा पंण्डित देवनयन नारायण लामिछानेले संगीतमय धाराबाहिक कथा बाचन गर्नुहुनेछ ।
तपाइँको प्रतिक्रिया