भारतको नाकाबन्दी सिंहदरबार कब्जाको रणनीति भएको नेमकिपाका अध्यक्ष बिजुक्छेंको भनाई

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले भारतको नाकाबन्दी सिंहदरबार कब्जाको रणनीति भएको बताउनु भएको छ । रफत सञ्चार क्लबले आईतबार भक्तपुरमा आयोजना गरेको साक्षतकार कार्यक्रममा बिजुक्छेंले दक्षिणले गरेको अघोषित नाकाबन्दी पहिला संविधानमा हेरफेर गर्ने र नयाँ भारतियहरुलाई देशका मुख्य पदमा पु¥याउनका साथै तराईलाई आफ्नो स्प्रिगं बो
र्डका रुपमा प्रयोग गरेर देश कब्जा गर्ने रणनीति रहेको बताउनु भयो । उत्तर तर्फको छिमेकीसँग सरकारले अनुदानका रुपमा मात्र इन्धनको माग गरेको र तत्कालका लागि चीनले अनुदान उपलब्ध गराएता पनि न्यूनतम पाँच बर्षसम्मका लागि अर्को सम्झौता नगरे दिर्घकालिन समस्या रहिरहने उहाँको टिप्पणी थियो । पाँच वर्ष सम्मको समझौता नगरिए पाइप लाईन बिस्तारमा चीनले आफ्नो लगानी नगर्ने सम्भावना अत्याधिक रहेको उहाँले बताउनु भयो । तराई अन्दोलनमा कामदार वर्गको भन्दा पनि तस्कर र कालाबजारियाहरुको बाहुलेता रहेकाले कामदार वर्गको हितमा कुनै काम नर्गने देखिएको बताउँदै आन्दोलनका नेतृत्वले कुनै लिखित माग नराख्नुले उनीहरुको नियत स्पष्ट रहेकोे बिजुक्छें को भनाई छ ।
तपाइँको प्रतिक्रिया