भारतबाट अवैध रुपमा भन्सार छली ल्याईएको माछा चितवनमा नष्ट

चितवन, असोज ४
भारतबाट अवैध रुपमा भन्सार छली ल्याईएको माछा आज चितवनमा नष्ट गरिएको छ ।
भारतबाट ल्याइएको ५० वटा आइस बक्समा राखिएको करिब २ टन अवैध माछा आज विहान पशु क्वारेन्टाइन रामनगर र मत्स्य व्यवसायीहरुको अग्रसरतामा बरामद गरिएको हो । बरामद पश्चात सो माछा रामनगरमा जिल्ला प्रशासन, प्रहरी लगायतको रोहबरमा खाल्डो खनी खाल्डोमा माछा पुरेर नष्ट गरिएको हो ।
भारतबाट अवैध रुपमा माछा भित्रिन थालेपछि नेपालका मत्स्य व्यवसायीहरु आफै माछा नियन्त्रणमा लिन थालेका हुन् । स्वदेशकै माछा विक्री नभइरहेको अवस्थामा भारतबाट अवैध रुपमा माछा भित्रिदा मत्स्य ब्यवसायीहरु मारमा पर्दै आएका छन् ।
भारतीय माछालाई नेपाली माछा भनेर समेत पशु चिकित्सकको हस्ताक्षर दुरुपयोग गरि माछा ल्याउने गरिएको मत्स्य ब्यवसायीहरुले बताएका छन् ।
तपाइँको प्रतिक्रिया