भारतबाट औसी मेला भर्न आएको ट्रयाक्टर पल्टदा २ जनाको मृत्यु ११ जना घाईते

बिबेक भण्डारी माघ २५, नवलपरासीको प्रतापपुर ५ असलैया स्थीत ठुलो नहरको बाटोमा ट्रयाक्टर पलटदा २ जनाको मुत्यु हुनुका सार्थ ११ जना घाईते भएका छन्।जिल्ला प्रहरी कार्यलय नवलपरासीका अनुसार भारत उत्तर प्रदेश मिथैराबाट नेपालको त्रीवेणी धाम तर्फ औसी मेला भर्न आएको युपि ५६क्यु ४२८९ नम्वरको ट्रयाक्टर पल्टदा भरत उत्तर प्रदेश मिथैरा सिमरा बस्ने बर्ष ५० कि करमावती देवी गुप्ता र सोही ठाउ बस्ने बर्ष १७ का रमेस गुप्ता को मुत्यु भएको हो ।भने अन्य ११ जना घाईते भएका हुन्। घाईतेहरुको सामुदायिक अस्पताल चौपत्तामा उपचार भईरहेको प्रहरीले जनाएको छ।
तपाइँको प्रतिक्रिया