भारतले गरेको नाकाबन्दीको असर र प्रभावका विषय समेटेको दस्तावेज नै बनाएर नेपालले अन्तर्राष्ट्रिय सम्मेलन गर्नु पर्ने:अर्थविद्ध डा. विश्वम्भर प्याकुरेल

ले भारतले गरेको नाकाबन्दीको असर र प्रभावका विषय समेटेको दस्तावेज नै बनाएर नेपालले अन्तर्राष्ट्रिय सम्मेलन गर्नु पर्ने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले विहीबार आयोजना गरेको साक्षात्कारमा उहाले कसैले भने पनि नभनेपनि नेपालमा भारतले नाकाबन्दी लगाएको प्रष्ट भईसकेको भन्दै यसले नेपालको अर्थतन्त्र, जनजीवनमा पारेको असर समेटिएको दस्तावेज तयार पारेर अन्तर्राष्ट्रिय जगतलाई जानकारी दिनु पर्ने बताउनुभयो । प्याकुरेलले भुकम्प र नाकाबन्दीका कारण उत्पन्न समस्या, स्रोत साधनको कमि, त्यसको उपाय र सरकारले चाल्ने कदम समेटेर स्वेत पत्र जारी गरी नेपाली जनतालाई मुलुकको बास्तविकताको विषयमा जानकारी गराउनु पर्ने समय आएको उल्लेख गर्नुभयो । चीनकालागि पूर्व नेपाली राजदुत राजेश्वर आचार्यले नेपाल संकटमा रहेको भनि संकटकाल घोषणा गर्ने बेला भएको बताउनुभयो । भारतकालागि पूर्व नेपाली राजदुत डा. भेषबहादुर थापाले नाकाबन्दीको कारणले नेपालले भोगेको समस्यालाई अन्तर्राष्ट्रिय करण गर्न ढिला भएको भन्दै विश्वलाई समस्या ढिला गर्न नहुने बताउनुभयो । नेकपा एमालेका सभासद एवम परराष्ट्र मामिलाका जानकार डा. राजन भट्टराईले चीनसँग नेपालले संम्बन्ध बढाउने कुरालाई भारतका विरुद्ध हो भन्ने बुझ्न नहुने भन्दै अहिलेको समस्य कुटनीतिक बार्ता र छलफलबाटै टुङग्याउनु पर्नेमा जोड दिनुभयो । उहाले मधेसको समस्या हाम्रो कारणले मात्रै नभएको भन्ने प्रष्ट भईसकेको भन्दै भारतले आफ्नो निर्णयमा पुर्नविचार गर्नु पर्नेमा जोड दिनुभयो ।
तपाइँको प्रतिक्रिया