भारतले सर्वोच्च शिखर सगरमाथाको उचाई नाप्न सर्वे टोली नेपाल पठाउने

काठमाडौँ माघ ११, भारतले सर्वोच्च शिखर सगरमाथाको उचाई नाप्न सर्वे टोली नेपाल पठाउने भएको छ । दुई वर्ष अघिको भूकम्पका कारण सगरमाथाको उचाईमा के कस्तो असर र्पयो भनेर अध्ययन गर्न भारतले सर्वे टोली पठाउन लागेको हो । सन् १८५५ मा सगरमाथाको उचाई नापिएको थियो । सर्वे अफ इण्डियाले नापेको २९ हजार २८ फिट (८ हजार ८४८ मिटर) लाई नै अहिलेसम्म सगरमाथाको आधिकारिक उचाई मानिएको छ । यसबीचमा सगरमाथाको उचाईबारे थुप्रै अध्ययन रिपोर्टहरु पनि आएका छन् । तर, अहिलेसम्म सर्वे अफ इण्डियाले गरेको मापनलाई आधिकारिक मानिएको छ । नेपालमा ठूलो भूकम्प गएको दुई वर्ष पुगिसक्यो । बैज्ञानिक समुदायमा सगरमाथाको उचाई घटेको हो कि भन्ने कुराहरु आइरहेको र भारतका नापी प्रमुख स्वर्ण सुब्बा राओले पीटीआईसँग हामीले सगरमाथामा छिट्टै एउटा टोली पठाउँदैछौं । यसले महादेशीय प्लेटको अवस्थाबारे बैज्ञानिक अध्ययनमा पनि सहयोग पुग्ने उहाले बताउनुभएको छ । सर्वे टोली पठाउन आवश्यक सबै प्रक्रिया पुरा भइसकेको नापी प्रमुख राओले बताउनुभयो । उहाका अनुसार हैदरावादमा भएको जिओस्पेसियल वर्ल्ड फोरममा नेपालका नापी प्रमुखसँग पनि यसबारे कुराकानी भएको थियो । सगरमाथाको उचाई नाप्न भारतले दुई महिनाभित्र टोली पठाउने उहाले बताउनुभयो । उहाका अनुसार टोलीले सगरमाथामा एक महिना विताएर अध्ययन गर्नेछ र, निष्कर्ष सार्वजनिक गर्न थप १५ दिन लाग्ने आंकलन गरिएको छ ।
तपाइँको प्रतिक्रिया