भारतसँग वार्ता गर्ने जिम्मा परराष्ट्रमन्त्री कमल थापालाई दिने निर्णय

सरकारले आपूर्ति व्यवस्था सहज बनाउन भारतसँग वार्ता गर्ने जिम्मा परराष्ट्रमन्त्री कमल थापालाई दिने निर्णय गरेको छ ।
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गरे लगतै सिंहदरबारमा सोमबार बसेको मन्त्रीपरिषदको पहिलो बैठकले यस्तो निर्णय गरेको हो । यसअघि सुशील कोइराला नेतृत्वको मन्त्रीपरिषदको असोज २२ गते बसेको बैठकले तात्कालीन परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेको संयोजकत्वमा वार्ता समिति गठन गरेको थियो । अब सो जिम्मा नवगठित सरकारका उपप्रधानमन्त्रीसमेत रहेका थापाले पाएका छन् । समितिमा मुख्य सचिवलाई पनि राख्ने निर्णय बैठकले गरेको छ । त्यस्तै बैठकले भारतसँग वार्ता गरी आपूर्ति व्यवस्था सहज बनाउन परराष्ट्रमन्त्री थापालाई जिम्मा दिएको छ । बैठकले देशलाई दुई वर्ष्भित्रमा तुइनमुक्त गर्ने निर्णय गरेको पनि गरेको छ । साढे तीन अर्ब बजेटमा दुई वर्षभत्रमा तुइन भएका सबै ठाउँमा झोलुङ्गे पुल बनाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानुनमन्त्री अग्नि खरेलले जानकारी दिनभयो ।
ओलीले देशभर रहेका ३८५ वटा तुइन पुलमा विस्थापित गर्ने निर्णयमा हस्ताक्षर गर्नुभएको छ । सोमबारको बैठकले खरेललाई सरकारको प्रवक्ता तोक्ने निर्णय गरेको छ ।
तपाइँको प्रतिक्रिया