भारतीय नाकाबन्दीको चुनौति सामना गर्न सरकार तयार : बामदेव गौतम

उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले भारतीय नाकाबन्दीको चुनौति सामना गर्न सरकार तयार रहेको बताउनुभएको छ । बुधबार प्रहरी निरीक्षक आधारभूत तालिम १५८ औं समूहको दीक्षान्त समाहोरलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री गौतमले भारतीय नाकाबन्दीको सामना गर्न आफुहरु तयार रहेको बताउनुभयो । उहाँले शान्तिपुर्ण आन्दोलनको नाममा हिंसा र उपद्रो मच्चाउने प्रति सुरक्षा निकाय सजग रहेको भन्दै हिंसा मच्चाउनेलाई कारवाही गर्ने बताउनुभयो । नेपालमा राजनीतिक स्थाईत्व नचाहने केही शक्ति चल्मलाउन थालेको भन्दै उहाँले उनीहरुको अभिष्ट पुरा हुन नदिने बताउनुभयो । उपप्रधान तथा गृह कार्यक्रममा प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्यालले मुलुकमा शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । १६ महिने तालिममा १३६ जना प्रहरी निरीक्षक सहभागि थिए । तालिममा उत्कृष्ट हुनेहरुलाई गृहमन्त्री गौतमले पुरस्कार प्रदान गर्नु भएको थियो ।
तपाइँको प्रतिक्रिया