भारतीय नाकाबन्दीविरुद्ध सांसदहरुद्धारा चर्को बिरोध
भारतीय नाकाबन्दीविरुद्ध सांसदहरुले चर्को बिरोध गरेका छन् । व्यवस्थापिका संसदको शुक्रबारको बैठकमा बोल्दै सांसदहरुले भारतले लगाएको नाकाबन्दीमाथि चर्को विरोध गरिरहेका छन् । बैठकमा कांग्रेस सांसद भरतकुमार शाहले जसले जे भने पनि भारतले हामीमाथि नाकाबन्दी लगाएकै हो भन्दै यो पहिलोपटक नभएर तेस्रो पटकको नाकाबन्दी भएको दाबी गर्नुभयो । शाहले सुनौलीमा भारतीय सिमापारि बसेर केही व्यक्तिले नेपाली जनता र सुरक्षाकर्मीमाथि आक्रमण गरेको बताउनुभयो । त्यस्तै एमाले सांसद भीम रावलले भारतले अन्तराष्ट्रिय अभिसन्धी र संयुक्त राष्ट्रसंघको बडापत्र बिपरित नेपाललाई अघोषित नाकाबन्दीमा पारेकोमा आपत्ती जनाउनुभयो । नाकाबन्दी विरुद्ध नेपालले अन्तर्रा्ष्ट्रिय समुदायलाई गुहार्नैपर्ने उहाको भनाई थियो । रावलले नेपालका कतिपय मधेसी दलले बिगतका सम्झौंता पालना गरौ भनिरहेको अवस्थामा भारतले सम्झौता कार्यान्वयन गरोस् भनेर किन बोल्न सक्दैनन् ? भन्ने प्रश्नसमेत गर्नुभयो । बैठकमा एकीकृत माओवादी सांसद अग्नि सापकोटाले नाकाबन्दीको अन्तर्रा्ष्ट्रियकरण गर्न सरकार असफल भएको आरोप लगाउनुभयो ।
बैठकमा बोल्ने अधिकांश सांसदहरुले भारतिय नाकाबन्दीको बिरोध गरेका थिए ।
तपाइँको प्रतिक्रिया