भारतीय नागरीक अवैध मुद्रा सहित नवलपरासीमा पक्राउ

प्रकाश बस्याल,१५ कात्तिक,नवलपरासी । नवलपरासीको रामग्राम नगरपालिका ७ उजैनी चोक बाट प्रहरीले १२ वटा देशका अवैध मुद्रा सहित एक जना भारतीय नागरीकलाई गय राती पक्राउ गरेको छ। शशस्त्र प्रहरी वल सिमा सुरक्षा कार्यालय वेलासपुरका शशस्त्र प्रहरी उपरिक्षक प्रेमराज पोख्रेलको कमाण्डमा खटिएको टोलीले चेकजाच गर्नेक्रममा महेशपुरतर्फ जादै गरेको लु १९ प १५,७१ नम्बरको मोटरसाईकमा सवार भारतको महाराजगंजग्राम राजावारी बस्ने २० वर्षका गुड्डु गुप्ताले कम्मरमा कपडाभित्र लुकाएर लैजादै गरेको अवस्थामा १२ वटा देशका अवैध मुद्रा फेला पारेकोशशस्त्र प्रहरी वल सिमा सुरक्षा कार्यालय वेला
सपुरका डिएसपी पंचराम चौधरीले जानकारी दिनुभयो ।उनको साथबाट प्रहरीले भारतीय रुपैया ३ लाख ६ हजार ८ सय , अमेरिकी डलर २ हजार ३ सय ८६ , ओमानी रियल ३ सय १७ , कुवेती दिराम ६ सय , यस्तै साउदी रियल २ हजार ४ सुय ८५ , जापानी यान १ लाख १० हजार , थाई भाट ३ सय ९० , युएई डलर २ हजार ६ सय ३० , कतारी रियल ६ सय ७१ , युरो ४ सय ७० , हंकङग डलर ६ सय , नेपाली २ सय ३० रुपैया बरामद गरेको छ ।पक्राउ परेका गुप्तालाई आवश्यक कारवाहिकालागी राजश्व अनुषन्धान कार्यालय बुटवलमा पठाईएको डिएपी चौधरीले जानकारी दिनुभयो ।
तपाइँको प्रतिक्रिया