भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल आगमन

काठमाण्डौ १७ , भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल आउनुभएको छ । राष्टपतिको आगमन संगै त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल करिब ५० मिनेट बन्द भएको छ । मुखर्जीको सुरक्षामा ध्यान दिएर उहा आउनुभन्दा पहिले र अवतरण गरिसकेपछि पनि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कुनैपनि विमान अवतरण र उडान गर्न सकेका थिएनन् । मध्यान्ह १२ बजेर १० बजेदेखि १ बजेसम्म विमानस्थल पुरै बन्द भएकोे त्रिभुवन विमानस्थलका एक कर्मचारीले बताएका छन । मुखर्जी दिउँसो साढे १२ बजे काठमाडौं अवतरण गनुभएको हो । उहालाई स्वागत गर्न राष्ट्रपति विद्या भण्डारी आफै त्रिभुवन विमानस्थल पुग्नुभएको हो । विमानस्थलले नोटिस फर एयरमेन (नोटाम) जारी गरेर भिभिआइपी आउनुभन्दा केही समय अघिदेखि र पछिसम्म विमानस्थल बन्द गरेको थियो । भारतीय राष्ट्रपति मुखर्जी आउनुभन्दा २० मिनेट अघिदेखि नै बन्द हुने त्रिभुवन विमानस्थल मुखर्जीको विमान अवतरण भएको २५ मिनेटपछि मात्रै खुलेको जानकारी प्राप्त भएको छ । विमानस्थल बन्द हुने भएपछि नियमित उडानहरु तालिकाहरु परिवर्तन भएको थियो ।
तपाइँको प्रतिक्रिया