भारत जान सुस्ताका सर्वसाधारण असुरक्षित

पुरुषोत्तम सुबेदी
नवलपरासी , ३० साउन । नवलपरासीको सुस्ताका १९ जना सर्वसाधारण नेपाली भारत जान असुरक्षित भएका छन् । भारतमा भएको एक हत्याको अभियोगमा सुस्ताका सार्बसाधारणहरुलाई भारतिय प्रहरीले मुद्दा दर्ता गरेपछि उनिहरु भारत जान असुरक्षित बनेका हुन् ।
सुस्तामा बस्दै आएका २८ बर्षिय प्रभू लोनियाकोल गत असार १४ गते भारतिय भुमीमा सुस्ताबाट करिब ५० किलोमिटरर टाढां रहस्यमय तरिएकाले हत्या भएको थियो । सो हत्याको आरोपमा भारतिय प्रहरीले उनिहरु माथी समेत मुद्दा दर्ता गरेको छ ।
मुददा्लाई अदालत नपाठाएसम्म भारतमा जादा ति सुस्ताबासीलाई समस्या हुन सक्ने भन्दै सुस्ता बचाउं अभियानका अध्यक्ष गोपाल गुरु¬ले फाईल अदालत गएपछि मात्र मुद्दा दर्ता गरिएका सुस्ताबासीले आफ्नो भनाई राख्ने पाउने छन् ।
यता यस बारे नवलपरासीका प्रहरी प्रमुख राजेन्द्र प्रसाद चौधरीले मृतकका परिवारलाई भारतिय प्रहरीले कागजमा लेखिएको ब्यवहारोनै नदेखाई जबरजस्ती सहि गर्न लगाएको मृतका आफन्तलाई उद्धित गर्दै संचारकर्मीलाई बताउनुभयो ।
यस घटनाबारे नवलपरासी प्रशासनले गृह मन्त्रालयलाई समेत जानकारी गराईसकेको छ । प्रमुख जिल्ला अधिकारी महादेव पन्थले भन्नुभयो ¾ यस कार्यालयको तर्फबाट यस बारे लिखित रुपमा मन्त्रालयमा पत्राचार गरिसकिएको छ ® ।
घटनास्थल भारत अझं सुस्ताबाट निकै टाढां भएकाले पनि यो घटनामा मुदद दर्ता भएका सुस्तबासीको कुनै दोष नभएको अनुमान गर्न सकिन्छ । यद्यपी भारतिय प्रहरीले सस्ताका सर्बसाधारणको नाममा मुदद दर्ता गरी अन्य सुस्ताबासीलाई समेत त्रसीत बनाउन खोजीएको आकला गरिएको छ ।
सूस्ता ासी माथी पटक पटक भारतिय पक्षबाट हुदै आएको आत»कीत प्रबृत्तिबाट सुस्तबासी निकै हेरान बनीसकेका छन् । अहिलेसम्म १४ हजार हेक्टर नेपाली भुमी भारतिय पक्षबाट अतिक्रमण हुदा समेत राज्य मौन छ ।
तपाइँको प्रतिक्रिया