भुटानी गृहमन्त्रीद्वारा कोइरालाप्रति श्रद्धाञ्जलि अर्पण

२७ माघ, काठमाडौं । नेपाली कांग्रेसका स्वर्गीय सभापति सुशील कोइरालाप्रति भुटानका गृहमन्त्री दावा ग्याल्छेन शेर्पाले श्रद्धाञ्जलि अर्पण गरेका छन् । बुधबार विहान काठमाडौं आएका शेर्पाले दशरथ रंगशाला पुगेर कोइरालाप्रति श्रद्धासुमन व्यक्त गरे ।
कोइरालालाई श्रद्धाञ्जलि दिन नेसनलिष्ट कांग्रेस पार्टीका नेता डीपी त्रिपाठी पनि बुधबार नै काठमाडौं आउँदैछन् । भारतीय विदेशमन्त्री सुष्मा स्वराजलगायतको भारतीय टोली मंगलबारै काठमाडौं आएर कोइरालाप्रति श्रद्धाञ्जलि अर्पण गरेको थियो ।
गत सोमबार राति १२ः५० मा निधन भएका पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति कोइरालाको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलिका लागि दशरथ रंगशालामा राखिएको छ । दिउँसो २ बजेपछि शव यात्रासहित पशुपति आर्यघाटमा लगेर अन्तिम संस्कार गरिनेछ ।
तपाइँको प्रतिक्रिया