भूकम्पबाट प्रभावित उच्च पहाडी क्षेत्रमा सामूहिक आवासका लागि अस्थायी टहरा बनाउने सम्बन्धी कार्यविधि मन्त्रिपरिषदबाट स्वीकृत

राष्ट्रिय योजना आयोगले पुनःनिर्माण तथा पुनःस्थापना सम्बन्धमा भएका कार्यहरु व्यवस्थापिका–संसदअन्तर्गतको मानवअधिकार समितिलाई जानकारी गराएको छ । मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकमा योजना आयोगका उपाध्यक्ष डाक्टर युवराज खतिवडाले भूकम्पबाट प्रभावित उच्च पहाडी क्षेत्रमा सामूहिक आवासका लागि अस्थायी टहरा बनाउनेसम्बन्धी कार्य्विधि मन्त्रिपरिषदबाट स्वीकृत भएको र कार्यान्वयनको चरणमा पुगेको जानकारी दिनुभयो । उहाले विभिन्न मन्त्रालयहरुलाई भूकम्पबाट भएको क्षतिको पुनःनिर्माण एवं पुनःस्थापनासम्बन्धी कार्यक्रम अगाडि बढाउन निर्देशन दिइसकिएको पनि बताउनुभयो ।बैठकमा समितिका सदस्यहरुले भूकम्प प्रभावितहरुका लागि आएको सहयोगको समुचित वितरण नभएको र कतिपय ठाउँमा अनियमितता भएको आरोप लगाएका थिए । भूकम्प गएको ८ महिना बितिसक्दा पनि प्रभावितहरुका लागि कुनै ठोस काम नभएको भन्दै उनीहरुले तत्काल परिणाममुखी काम गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।
तपाइँको प्रतिक्रिया