भूकम्प पिडितले अझैसम्म राहत पाउन सकेनन् :मन्त्री केसी

उपप्रधान तथा सहकारी एवम् गरिबी निवारण मन्त्री चित्रबहादुर केसीले पुननिर्माण प्राधिकरण बिद्येयकले पूर्णता पाउन नसक्दा भूकम्प पिडितले अझैसम्म राहत पाउन नसकेको बताउनुभएको छ । बुधबार काठमाडौमा आयोजित एक कार्यक्रममा मन्त्री केसीले यस्तो बताउनुभएको हो । उहाले लगातार संसदमा भईरहेको अबरोधका कारण बिभिन्न बिद्येयकले पूर्णता पाउन नसकेको समेत बताउनुभयो । उहाले सरकारले तत्काल पूर्ननिर्माणको कार्यलाई अघि बढाई वास्तविक भूकम्प पिडितलाई राहत दिनुपर्ने उल्लेख गर्नुभयो । एक अर्को प्रसंगमा भूकम्प पछि अप्ठेरोमा परेको मुलुकमा भारतले अघोषित नाकाबन्दी लगाउदा मुलुक झन ठूलो अप्ठेरोमा फसेको धारणा पनि राख्नुभयो । उहाले सरकारले छिटै कुटनीतिक तवरबाट नाकाबन्दी अन्त्य गर्ने दाबी पनि गर्नुभयो ।मन्त्री केसीले संबिधानलाई सफल कार्यान्वन गराउदै मुलुकलाई बिकासको बाटोमा लैजान सबै एक हुनुपर्ने धारणा पनि राख्नुभयो ।
तपाइँको प्रतिक्रिया