भैरहवा नाकाबाट भारतीय प्रहरीकै सहयोगमा भित्रिए तेल ट्यांकर

१३ असोज, रुपन्देही । भैरहवाको बेलहिया नाकाबाट मालबाहक सवारी भित्रिन सुरु गरेका छन् । बेलहिया नाका भएर २० वटा मालबाहक गाडी नेपाल प्रवेश गरिसकेका छन् । जसमा तीनवटा तेल ट्यांकर छन् । एक बुलेट ग्यास पनि नेपाल आएको भैरहवा भन्सार कार्यालयले जनाएको छ ।
बेलहिया नाकाबाट नेपाल भित्रिएको अक्सिजन बोकेको बुलेट मंगलबार भारतीय भूमिबाट एक समूहले नेपाली सुरक्षाकर्मीलाई ढुंगामुढा गरेपछि आयात पूर्णरुपमा रोकिएको थियो । सोमबार अन्य नाकामा भन्दा केही खुकुलो गरेको भारतीय सुनौली भन्सारले मंगलबार झडपका कारण एउटा पनि मालबाहक गाडी जाँचपास गरेको थिएन । त्यसअघि मधेसी मोर्चाका कार्यकर्ताहरुले सीमा नाकामा बसेर आवत-जावत ठप्प पारेका थिए ।
बुधबार सीमा सुरक्षा बल (एसएसबी)ले नेपाल भित्रिने गाडीलाई सुरक्षा घरेमा राखेर मालबाहक गाडीहरुलाई सीमासम्म ल्याएको छ । एसएसबीले सुरक्षा कडा पारेकाले सीमा क्षेत्रमा आन्दोलनकारीले कुनै अवरोध सिर्जना गर्न सकेका छैनन् ।
तपाइँको प्रतिक्रिया