भोलिदेखि निजी सवारीमा जोर-बिजोर हटाउने तयारी

१४ असोज, काठमाडौं । सरकारले भोलि शुक्रबारदेखि निजी सवारीमा जोर-बिजोर प्रणाली हटाउने तयारी गरेको छ ।
निजी सवारीलाई बिहीबारदेखि पेट्रोलियम पदार्थ दिन छोडिएपछि पनि जोर-बिजोरको बाधा राखिरहनु उचित नभएकाले हटाउने तयारी भएको गृह मन्त्रालयले जनाएको छ ।
सार्वजनिक सवारीमा जोर-बिजोर कायमै राखेर निजी सवारीमा भने हटाउने तयारी भएको मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले बताए । ‘औपचारिक निर्णय भएको छैन । भोलि सबै सरोकारवाला निकाय बसेर यसबारे निर्णय हुन्छ’ प्रवक्ता ढकालले भने-‘हामीले तेल पनि दिन नसकेको अवस्थामा आफै जोहो गरे चलाउँछु भन्नेलाई जोर-बिजोर लगाएर रोकी रहनुपर्ने देखिएन ।’
निजीमा चेकजाँच बन्द
ट्राफिक प्रहरीलाई बिहीबारदेखि निजी सवारीमा जोर-बिजोर प्रणाली अन्तरगत कडा चेकजाँच नगर्न निर्देशन दिईएको उनले बताए ।
‘निजी सवारीमाथी चेकजाँच आजैदेखि खुकुलो भएको छ । भोलि औपचारिक निर्णय हुन्छ’ प्रवक्ता ढकालले भने-‘तर, अत्यावश्यक अवस्थमा मात्र उपयोग गरेर तेल बचत गरी सवारी चलाए हित हुन्छ ।’
तपाइँको प्रतिक्रिया