भोलि देखि नवलपुरको यातायात कार्यालय खुल्ने

नवलपुर, १२ असार ।
नवलपुरकोे यातायात व्यवस्था कार्यालय भोलि आइतबार बाट खुल्ने भएको छ । जिल्ला प्रशासनले तोकेको स्वास्थ्य मापदण्ड पालना गर्ने गराउने गरि असार १३ गतेबाट सिमित सेवा सहित सञ्चालनमा आउन लागेको हो । कार्यालयले शुक्रबार एक सुचना जारि गर्दै सवारी साधन कर संकलन र सवारी दर्ता प्रमाण पत्र नविकरण, सवारी जांच पास , पटके र रुट इजाजत , सवारी दर्ता तथा सवारी लाइसेन्सको परीक्षामा उत्तीर्ण भएकाहरुको दस्तुत बुझ्ने काम मात्र हालका लागि संचालनमा आउने कार्यालयले जनाएको छ । बाँकी कामका लागि अझै केहि दिन कुर्नु पर्ने निमित्त कार्यालय प्रमुख ज्ञान प्रसाद भुसालले जानकारी दिनुभयो ।
तपाइँको प्रतिक्रिया