भोली चितवनमा ‘युनिक्याम्पस एकेडिमिक मेला’ आयोजना हुने

चितवन, चैत १० ।
शैक्षिक परामर्श दातृ सस्था युनिक्याम्पस ग्लोबलले भोली शनिबार आफ्नै कार्यालय नारायणगढ परिसरमा मा ‘युनिक्याम्पस एकेडिमिक मेला’ आयोजना गर्दैछ । स्टुडेन्टको भेला, एकेडिमिक मेला नाम दिईएको कार्यक्रम विदेशमा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरुप्रति लक्षित गरिएको युनिक्याम्पस ग्लोवल चितवनका बिजनेश म्यानेजर अच्युत पण्डितले बताए ।
शहिदचोकस्थित युनिक्याम्पसकै प्राङ्गणमा आयोजना हुने एकेडिमिक मेलामा नेपाल सरकारबाट तालिम प्राप्त अनुभवि परामर्शदाताहरुले विद्यार्थीलाई परामर्श दिनेछन् । बिद्यार्थीहरुलाई पिटिइ, आइइएलटिएस, स्याट, टोफल तथा विदेशमा उच्च शिक्षा अध्ययन गर्न चाहनेहरुका लागि मेला उपयोगी हुने पण्डितले जानकारी दिए ।
मेलामा विदेश जानुपूर्ब गनुपर्र्ने तयारीबारे आबश्यक परामर्श प्रदान गरिने तथा अध्ययन पछिको अवसरका बारेमा समेत जानकारी गराईनेछ । बिहान ९ बजे सूरु हुने मेला साझ ५ बजेसम्म चल्नेछ । ‘यस मेलामा सहभागी हुने सबै विद्यार्थीहरुलाई अस्ट्रेलिया प्रोसेसिङ निःशुल्क गरिने र एकेडिमिक तयारी कक्षामा बिशेष छुट हुने पण्डितले बताए ।
बिगत १८ बर्ष देखि शैक्षिक परामर्श प्रदायक संस्था युनिक्याम्पस ग्लोवलले अध्ययनका लागि क्यानडा, अमेरिका, अस्ट्रेलिया, र वेलायत जाने बिद्यार्थीहरुलाई सहजीकरण गरिरहेको छ । पुतलिसडक काठमाडौंमा मुख्य कार्यालय रहेको छ भने नयाँबानेश्वर, हेटौंडा, बुटवल, पोखरामा यसका शाखा कार्यालयहरु छन् । त्यस्तै नेपाल बाहिर थाइल्याण्ड, वेलायत र अस्ट्रेलियामा समेत यसका शाखा कार्यालय छन् ।
तपाइँको प्रतिक्रिया