मंगलवार काठमाडौंमा एक कार्यक्रमका बीच ‘बेमौसमी’ बोलको गीत सार्वजनिक

काठमाडौं, असोज ०४
मंगलवार काठमाडौंमा एक कार्यक्रमका बीच ‘बेमौसमी’ बोलको गीत सार्वजनिक भएको छ । सार्बजनिक गीत ‘बेमौसमी’ नेपाली चलचित्र महापुरुषको हो ।
गीतमा हरिवंश आचार्य र गौरी मल्ल, अरुण क्षेत्री र अञ्जना बराईलीको मुख्य अभिनय रहेको छ । कात्तिक ११ गते सार्वजनिक हुने चलचित्र महापुरुषको यो गीत एस.डी योगी र रेश्मा पुनको स्वर रहेको छ ।
कार्यक्रममा बोल्दै वरिष्ठ कलाकार हरिवंश आचार्यले अहिलेको समयमा एउटा मध्यम चलचित्र आउन जरुरी रहेको बताउनु भयो ।
उहाँले नेपालको बजारमा अहिले बीचको धारको चलचित्र आवश्यक रहेको भन्दै तरीय चलचित्रको धार र व्यापारिक चलचित्रको धारलाई जोडेर चलचित्र निर्माण गर्न आवश्यक रहेको बताउनु भयो ।
तपाइँको प्रतिक्रिया